काठमाडौँ । नेपालका शीर्ष वरीयता प्राप्त खेलाडी अरहन्तकेशर सिंहले एनएसआरए एनिभरसरी कप स्क्वास प्रतियोगिता २०८० अन्तर्गत पुरुष एकलको क्वाटरफाइनलमा स्थान बनाएका छन् ।
ऋदि शाक्यलाई सोझो सेटमा ११–२, ११–५, ११–८ ले हराउँदै सिंहले पुरुष एकलको अन्तिम ८ मा स्थान बनाएका हुन् ।
सोमबार सातदोबाटोस्थित नेपाल स्क्वास र्याकेट संघको भवनमा भएको प्रतियोगिताअन्तर्गत दोस्रो दिन भएको अन्य खेलमा अमिर ब्लोनले राजकुमार श्रेष्ठलाई ११–४, ११–७ र ११–६, उमित शाक्यले विनायक श्रेष्ठलाई ११–३, ११–१ र ११–६ तथा गोपाल थापाले विकास तुम्सिङ मगरलाई ११–७, १२–१० र ११–९ ले पराजित गरेर अन्तिम आठमा स्थान बनाए ।
यसैगरी राजेन्द्र शाक्य पनि राकेश परियारलाई ११–७, ११–१ र ११–२ ले हराएर अर्को चरणमा प्रवेश गरे । रिषभ चुरिवाल र र दिपक थापाले पनि आ आफ्नो पहिलो खेलमा जित हासिल गरे ।
रिषभले पासाङ ब्लोनलाई ११–६, ११–२, ११–१ तथा दिपकले शिव कायस्थलाई ११–५, ११–५ र ११–७ ले निराश बनाए ।
यसैगरी मास्टर्स ५० प्लसमा लालबहादुर गुरुङले किशोर महर्जनलाई १२–१०, ११–४, १२–१४ र ११–९ तथा प्रज्वल प्रकाश प्रधानले रत्न महर्जनलाई ११–५, ११–९ र ११–७ ले पराजित गरे ।
नेपाल स्क्वास र्याकेट संघ स्थापना ३५ वर्ष पुगेको अवसरमा एनएसआरए एनिभरसरी कप स्क्वास भएको हो । एक्स स्टेपको प्रायोजन रहेको यो प्रतियोगिता मङ्सिर २९ गतेसम्म चल्नेछ ।
प्रतियोगितामा पुरुष ओपन, महिला ओपन, ब्वाइज यु१९, गल्स यु१९, मास्टर्स ५० प्लस र प्लेट गरी छ विधामा खेल भइरहेको छ ।