बिहिबार, २६ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. लन टेनिस
Loading ad...
Bhat Bhateni Supermarket Ad

अभिलाषा र प्रकृति फाइनलमा

बुधबार, २२ कार्तिक २०८०खेलपाटी संवाददाता
अभिलाषा र प्रकृति फाइनलमा
Loading ad...
mustang rice ad

काठमाडौं । अभिलाषा विष्ट र प्रकृति श्रेष्ठ तेश्रो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिताको महिला सिंगल्समा फाइनलमा प्रवेश गरेका छन् ।

वीर गणेशमान सिंह फाउन्डेसन तथा वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीद्वारा संयुक्त आयोजित प्रतियोगितामा बुधबार सेमिफाइनलमा अभिलाषाले माहिका राणालाई ७–५ र ६–२ तथा प्रकृतिले शुभाङगीलक्ष्मी शाहलाई ४–६, ६–३ र ६–० को सेटमा पराजित गरे ।

पुरुष डबल्समा प्रदीप खड्का र निहालजंगबहादुर थापाको जोडीले स्वर्ण जिते । उक्त जोडीले फाइनलमा सक्षमविक्रम शाह र प्रितम परियारको जोडीलाई ४–६, ६–४ र १०–१ ले हराए । भेट्रान ६५ वर्षमाथि पुरुष सिंगल्सको फाइनलमा कमल थापाले विदुर विष्टलाई ४–१ र ४–० ले पराजित गर्दै शीर्ष स्थान हात पारे ।

भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा जितेन्द्र परियारले सन्तोष खत्रीलाई ६–२, ७–६९३० तथा कमलबहादुर भण्डारीले सिमान्त गुरुङलाई ६–३ र ६–२ ले पाखा लगाउदै फाइनलमा स्थान पक्का गरे । ४५ वर्षमाथि पुरुष सिंगल्समा महेश श्रेष्ठले विमलकुमार गुरुङलाई ६–२ र ६–२ को सोझो सेटमा पन्छ्याउदै सेमिफाइनलमा पुगे । ४५ वर्षमाथि पुरुष डबल्समा रोहित सुनुवार र यज्ञबहादुर भण्डारीको जोडीले डेगेन्द्र श्रेष्ठ र चन्द्र शाहीको जोडीलाई ६–४ र ६–४ को सोझो सेटमा निराश पार्दै फाइनल यात्रा तय गरे ।

जुनियर : सरालाई दोहोरो स्वर्ण

प्रतियोगिताअन्तर्गत जुनियरमा सरा पन्तले दोहोरो स्वर्ण जितिन् । बुधबार सराले यु–९ र यु–१० गल्र्स सिंगल्समा स्वर्ण जितेकी हुन् ।

सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा भएको यु–९ फाइनलमा सराले थिअ श्रेष्ठलाई ४–० र ४–१ ले पराजित गरिन् । अर्को फाइनलमा सराले अनुश्री धोजुमाथि ६–२ र ७–६ को जित दर्ता गरिन् । यु–१० ब्वाइज सिंगल्स फाइनलमा विश्वविशेष डल्लाकोटीले सुजन कुइकेललाई ६–३ र ६–३ ले हराउदै पहिलो भए ।

यु–१२ गल्स सिंगल्समा शिभाली गुरुङले साल्भी महर्जनलाई ६–१ र ६–० को सोझो सेटमा पाखा लगाउदै शीर्ष स्थानमा कब्जा गरिन् । यु–१४ ब्वाइज सिंगल्स फाइनलमा वृजेश अर्यालले बोरिस अधिकारीलाई ६–२ र ६–३ ले पन्छ्याउदै शीर्ष स्थानमा रहे ।

ब्वाइज डबल्समा वृजेश अर्याल र साश्वत वज्राचार्यको जोडीले अर्याश झा र सौर्य झाको जोडीलाई ६–० र  ६–० तथा अद्रिन थापा र दीर्घायु लामाको जोडीले रनिश श्रेष्ठ र युभेनमान श्रेष्ठको जोडीलाई ६–१ र ६–३ को सेटमा पराजित गर्दै स्वर्ण भिडन्त पक्का गरे ।

गल्स डबल्समा स्वस्तिका विष्ट र मेरिशा थापाको जोडीले अभ्नी क्षेत्री र नताशा गुप्ताको जोडीलाई ६–० र ६–० तथा रोज राई र प्रज्ञा वज्राचार्यको जोडीले तभिसी राणा र लुनिभा शाक्यको जोडीलाई ६–४ र ६–३ ले हराउदै फाइनलमा स्थान सुरक्षित गरेका छन् । 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

श्रीलंकामा शिभालीलाई एक स्वर्ण, एक रजत

श्रीलंकामा शिभालीलाई एक स्वर्ण, एक रजत

शिभालीको जोडीलाई स्वर्ण

शिभालीको जोडीलाई स्वर्ण

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
ओसन कपको पहिलो खेलमा नारायणगढ र घोडाघोडी भिड्ने

ओसन कपको पहिलो खेलमा नारायणगढ र घोडाघोडी भिड्ने

गिललाई भारी जरिबाना

गिललाई भारी जरिबाना

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान

पाँच इङ्ग्लिस क्लबले च्याम्पियन्स लिग खेल्ने

पाँच इङ्ग्लिस क्लबले च्याम्पियन्स लिग खेल्ने

निरिह बार्सिलोना

निरिह बार्सिलोना