काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले आईसीसी टी ट्वान्टी विश्वकपको एसिया छनोटको फाइनल खेलको टिकट बिक्रीबाट प्राप्त हुने रकमको ५० प्रतिशत रकम भुकम्प पिडितलाई सहयोगार्थ दिने बताएको छ ।
शुक्रबार राति जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भुकम्पले ठुलो मानवीय तथा संरचनागत क्षति पुर्याएको थियो ।
क्यानले शनिबार बिहान बिज्ञप्ति जारी गर्दै छनोट प्रतियोगिताको फाइनल खेलको टिकट बिक्रीबाट प्राप्त हुने रकमको ५० प्रतिशत रकम पिडितलई सहयोगार्थ प्रदान गर्ने घोषणा गरेको हो ।
छनोट प्रतियोगिताको फाइनलमा नेपाल र ओमान आईतबार कीर्तिपुरस्थित त्रिवि मैदानमा खेल्दैछन् ।
फाइनल पुगेर नेपाल र ओमान अर्को वर्ष हुने टी ट्वान्टी विश्वकप क्रिकेटमा छनोट भैसकेका छन् । दुवै टिम छनोट प्रतियोगिताको उपाधिकालागि आईतबार खेल्न लागेका हुन् ।