सी डिभिजनबाट ९ क्लब छनोट

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको विशेष साधारण सभाका लागि सी डिभिजनबाट ९ क्लब मताधिकारका लागि छनोट भएका छन् ।
बुधबार एन्फा कम्प्लेम्समा भएको मतदानबाट विशेष साधारण सभाका लागि ९ क्लब छनोट भएका छन् ।
एन्फा विधानमा सी डिभिजनबाट ९ क्लबको मताधिकारको प्रतिनिधित्व रहने ब्यवस्था छ । सोही अनुसार बुधबार सी डिभिजनको मतदान भएको थियो ।
मतपरिणाम अनुसार स्वयम्बु क्लब (१३), सामाजिक कल्याण खेलकुद केन्द्र (१२), गोलबजार स्पोर्टस क्लब (११), खालिबारी फुटबल क्लब (१०), मनोहरा युनाईटेड क्लब (१०), झम्सिखेल युथ क्लब (९), पुल्चोक स्पोर्टस क्लब (९), सामाजिक युथ क्लब (९) र महाबीर क्लब (८) विशेष साधारण सभामा मताधिकारका लागि छनोट भएका छन् ।
यस्तै, कार्यसमिति सदस्य रबिन्द्र चन्दको क्लब आरसी ३२ फुटबल एकेडेमी (५), बागमती युथ क्लब (५), रानिबन स्पोर्टस क्लब (५), कार्यसमिति सदस्य रुपेश अधिकारीको स्पोर्टस एकेडेमी सागा (५) र सानेपा क्लबले ४ मत प्राप्त गरेका छन् ।
अध्यक्ष पंकजबिक्रम नेम्वाङ्ग र महासचिव किरण राईविरुद्ध अविश्वासको प्रस्तावमाथि मतदान गर्न एन्फाले कात्तिक २३ गते हेटौंडाको मकवानपुरमा विशेष साधारण सभा राखेको छ ।
सोही विशेष साधारण सभाका लागि विभिन्न क्लब, जिल्ला, प्रदेश र संघबाट प्रतिनिधिको छनोटका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ ।










-1762763443397.jpg&w=3840&q=75)
-1762758084543.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)

