काठमाडौं । नेपाल फुटबल खेलाडी संघले खेलाडी र फुटबलमा सहयोग गर्ने दुई संस्थालाई बिहीबार सम्मान गरेको छ ।
काठमाडौंको दशरथ रंगशालामा लाओसविरुद्धको खेलको दौरान खेलाडी संघले आफ्नो संस्था र खेलाडीलाई सहयोग गर्ने दुई संस्थालाई सम्मान गरेको हो ।
संघले ललितपुर थ्री टेस्ला एमआरआई र डाइगोनेस्टिक प्राली र बी एण्ड बी हस्पिटललाई खेलाडीको हस्ताक्षर सहितको जर्सी दिएर सम्मान गरेको हो ।
संघका पूर्व अध्यक्ष राजेश मानन्धरले ललितपुर थ्री टेस्ला एमआरईकी प्रतिनिधि निर्मला श्रेष्ठलाई तथा पूर्व कप्तान राजु शाक्य र अनिल गुरुङले बी एण्ड बी हस्पिटलका प्रतिनिधि अमृत जोशी, रुस्मा थापा र हस्पिटल परिवारलाई खेलाडीको हस्ताक्षर सहितको जर्सी उपहार स्वरुप प्रदान गरेका थिए ।
ललितपुर थ्री टेस्ला एमआरआई र बी एण्ड बी हस्पिटलले फुटबल खेलाडीको उपचार सेवामा विशेष छुटदेखि विपन्न खेलाडीलाई निशुल्क उपचार गर्ने गरि खेलाडी संघसँग साझेदारी गरेको छ ।
खेलाडी संघलाई सहयोग पुर्याउने संस्थालाई एक कार्यक्रमकाबीच सम्मान गरिएको संघका अध्यक्ष बिक्रम लामाले बताएका छन् ।
खेलाडी संघको प्रतिनिधित्व गर्दै पूर्व कप्तान विराज महर्जन तथा राष्ट्रिय खेलाडी बिकेश कुथु समेत सम्मान कार्यक्रमका सहभागी थिए ।

