एथ्लेटिक्समा सन्तोषी र सोम पराजित

काठमाडौं । एसियाली खेलकुदको महत्वपूर्ण खेल मध्ये एथलेटिक्समा शुक्रबार एसियाडको मुख्य रंगशालामा नेपालका सोमबहादुर कुमाल र महिलामा सन्तोषी श्रेष्ठले प्रतिस्पर्धा गरेका थिए ।
कुमालले ४ सय मिटर दौड ४८ दशमलव ६८ सेकेन्डमा पूरा गरे । हिट चरणमा सहभागी सात मध्ये उनी पाँचौ भए । उनले दक्षिण कोरिया र कीर्गिस्तानका धावकलाई पछि पारे ।
कुमालले एसियाडको तयारी प्रशिक्षणका दौरान नै डेंगु लागेका कारण प्रदर्शन राम्रो नभएको प्रतिक्रिया दिएका छन् ।
प्रतियोगिता अगाडि नै मलाई डेंगु लागेको थिए । यसले मेरो तयारी राम्रो भएन । कुमालले भने, ‘विरामी नपरेको भए व्यक्तिगत नाममा रहेको रेकर्ड तोड्ने योजना थियो ।’
नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुदकी स्वर्ण विजेता सन्तोषी श्रेष्ठले दस हजार दौड ३८ मिनेट ४० दशमलव १५ सेकेन्डमा सकाइन् ।
चोट बल्झिएपछि उनले समेत राम्रो प्रर्दशन गर्न सकिनन् ।








-1761808270369.png&w=3840&q=75)





-1761788249466.webp&w=3840&q=75)
-1761788068036.webp&w=3840&q=75)