साफ यू–१९ को तयारी पुरा
मंगलबार, असोज २, २०८०खेलपाटी संवाददाता

काठमाडौं । काठमाडौंमा सञ्चालन हुने साफ यू–१९ फुटबल च्याम्पियनसिपको तयारी पुरा भएको छ ।
आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी पुरा भएको जनाएको छ ।
प्रतियोगिता पर्सी बिहीबारबाट सुरु भएर असोज १३ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको सम्पुर्ण खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।
प्रतियोगितामा नेपाल सहित बंगलादेश, भुटान, माल्दिभ्स, भारत, पाकिस्तान समावेश छन् ।
एन्फा प्रवक्ता सुरेश साहले प्रतियोगिताको तयारी पुरा भएको बताए । उनले प्रतियोगिताका लागि साधारणतर्फ सय र भीआईपीतर्फ ३ सय पुरस्कार रकम राखिएको जानकारी दिए ।
प्रतियोगिता हेर्न टिकट खल्ती एपबाट किन्न सकिने एन्फाले जनाएको छ । प्रतियोगिताको मार्केटिङ अधिकार नेपाल स्पोर्ट्स सेन्टरले लिएको हो ।
#साफ यू–१९









-1762763443397.jpg&w=3840&q=75)
-1762758084543.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)

