काठमाडौं । चीनमा हुने एसियाली खेलकुदमा नेपालबाट २ सय ५३ खेलाडी सहभागी हुने भएका छन् ।
राष्ट्रिय खेलकुद परिषद्को बिहीबार बसेको ११७ औ बोर्ड बैठकले एसियाडमा २ सय ५३ खेलाडी सहभागी गराउने निर्णय गरेको हो ।
युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूको अध्यक्षतामा बसेको बैठकले १९ औ एसियाली खेलकुदमा सहभागी हुने खेलाडीसहितको नेपाली टोलीको संख्या टुंगो लगाएको छ ।
नेपालले २९ खेलका १२७ महिला र १२६ पुरुष गरी २ सय ५३ खेलाडीसहितको टोली टुंगो लगाएको हो ।
यस्तै बैठकले कर्मचारीको बढुवा सम्वन्धि पदपूर्ति समितिले गरेको सिफारिस अनुमोदन गरेको छ ।
लामो समय देखि रोकिएको बढुवा प्रक्रियालाई अघि बढाउने गरि अघिल्लो बोर्ड बैठकले पदपूर्ति समिति गठन गरेको थियो ।