काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको विशेष साधारण सभा गणपुरक संख्या नपुगेर स्थगित भएको छ ।
एन्फाले बिज्ञप्ति जारी गर्दै आईतबारका लागि आह्वान गरिएको विशेष साधारण सभामा गणपुरक संख्या नपुग भएको जनाएको छ ।
प्रवक्ता सुरेस साहले गणपुरक नपुगेको साधारण सभा भोलि सोमबार पुन बोलाईएको बिज्ञप्तिमार्फत जनाएका छन् । लेखा परिक्षक अनुमोदन गर्न एन्फाले आईतबार विशेष साधारण सभा बोलाएको थियो ।
विशेष साधारण सभाले नियुक्त गर्नुपर्ने लेखा परिक्षक एन्फाले नियुक्त गरेको भन्दै क्लब र जिल्लाले बैठक वहिष्कार गरेका थिए ।
एन्फा नेतृत्वले संख्या नपुगेपछि गणपुरक संख्या पुर्याएर विशेष साधारण सभा सम्पन्न गर्ने तयारी गरेको छ । एन्फाको इतर पक्षले अध्यक्षमाथि अविश्वासको प्रस्ताव पेश गर्ने तयारी गरेको छ ।