काठमाडौं । काठमाडौं जिल्ला खेलकुद विकास समितिले नेपाल नेश्नल हस्पिटलसँग स्वास्थ्य उपचारमा सहुलियत सम्बन्धि सम्झौता गरेको छ ।
काठमाडौं जिल्ला खेलकुदले नेश्नल हस्पिटलसँग विभिन्न उपचारमा छुट सम्बन्धि सम्झौतामा बुधबार हस्ताक्षर गरेको हो ।
काठमाडौं जिल्ला खेलकुद विकास समितिका अधयक्ष गणेश लाल कक्षपति र नेपाल नेश्नल हस्पिटलका निर्देशक प्रकाश पौडेलले एक सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार जिल्ला खेलकुदका पदाधिकारी, खेलाडी, कर्मचारी र उनीहरुका परिवारलाई हस्पिटलले विभिन्न उपचारमा २५ प्रतिशत छुट दिने भएको छ ।
अध्यक्ष कक्षपतिले हस्पिटलसँगको सम्झौताले खेलकुदमा लागेका खेलाडी र व्यवस्थापनमा खटिने कर्मचारी तथा पदाधिकारी र तिनका परिवारलाई राहत मिल्ने बताए ।