वैदेशिक प्रशिक्षणका लागि रग्बी टोली मलेसिया प्रस्थान
बुधबार, २० भाद्र २०८०खेलपाटी संवाददाता

काठमाडौंँ । चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदमा सहभागी हुने नेपाली पुरुष रग्बी टोली थप तयारीका लागि मंगलबार मलेसियाको क्वालालम्पुर प्रस्थान गरेको छ ।
१२ खेलाडी, २ प्रशिक्षक र १ व्यवस्थापक गरी १५ सदस्यीय टोली मलेसिया प्रस्थान गरेको हो ।
विराट श्रेष्ठको कप्तानीमा रहेको नेपाली टोलीका अन्य सदस्यमा श्रीराम श्रेष्ठ, विक्रम पुरी, निरोज कार्की, विवेश बासु, यदु अधिकारी, झुकेन्द्र राई, विशाल बडु, सविन महत, नवीन महर्जन, पुजन फेवाली र सुमन चौलागाईं रहेका छन् ।
प्रशिक्षकमा श्रीलंकाका विजेलथ सिन र टंकराज गिरी तथा व्यवस्थापकमा नेपाल रग्बी संघका महासचिव गोविन्द घिमिरे छन् ।
१६ दिनको प्रशिक्षणपछि नेपाली टोली स्वदेश फर्किएर चीन जाने छ । एसियाली खेलकुदमा नेपालले पहिलोपटक रग्बीमा सहभागिता जनाउन लागेको हो ।
वैदेशिक प्रशिक्षणका लागि रग्बी टोली मलेसिया प्रस्थान






%20(2)-1765947464452.png&w=3840&q=75)


-1766387693977.webp&w=3840&q=75)
-1766372861061.webp&w=3840&q=75)
-1766372552050.webp&w=3840&q=75)
-1766367982945.webp&w=3840&q=75)


-1766318481555.jpeg&w=3840&q=75)