काठमाडौं । एफ वान इन स्कुल्स अन्तर्गतको ‘स्कुल्स टू ट्रयाक’ कार्यक्रम आगामी शुक्रबार हिमालयन मोटरल्याण्ड धुलिखेलमा सञ्चालन हुने भएको छ ।
विगत एक वर्षदेखि अन्तर्राष्ट्रिय अटोमोबाइल फेडेरेसन (एफआइए) र एफ वान इन स्कुल्स लण्डनको सहयोगमा संचालित ‘स्कुल्स टू ट्रयाक’ शुक्रबार र शनिबार काभ्रेको धुलिखेलमा सञ्चालन हुने भएको हो ।
प्रतियोगितामा काठमाडौं विश्वविद्यालय सहित अन्य कलेजबाट गरि ३० जना गल्स सहभागी हुने आयोजक नेपाल अटोमोबाइल्स एसोसियसन (नासा नेपाल)ले जनाएको छ । पहिलो दिन शुक्रबार काटर्स सम्बन्धि सैद्धान्तिक ज्ञान र २३ गते शनिबार प्रतिस्पर्धामा सहभागी गराइने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले ट्रफी, मेडल सहित २० हजार, दोस्रो हुनेलाई १० हजार र तेस्रो हुनेलाई ५ हजार नगद पुरस्कार प्रदान गर्नेछन् । हिमालयन मोटरल्याण्डस्थित ३ सय ५० मिटरको ट्रयाकमा स्लालम विधिबाट सिकाइने सो काटर्सको प्रतिस्पर्धा समेत स्लालम तरिकाले सञ्चालन गरिने बताईएको छ ।
नेपाल अटोमोबाइल्स एसोसिएसनका तालिमप्राप्त मार्सलहरुले ट्रेनिङ तथा प्रतिस्पर्धा सञ्चालन गर्नेछन् । वुमन इन मोटरिङ कमिसन र मोटरल्याण्ड तथा काटर्स कमिसनको व्यवस्थापनमा हुने प्रतिस्पर्धा राष्ट्रिय स्तरको हुने र आगामी वर्षदेखि इन्टर कलेज काटर्स प्रतियोगिताको रुपमा अघि बढाईने आयोजकले जनाएको छ ।
गत वर्ष सुरु भएको यस कार्यक्रम काठमाडौँ इन्जिनियरिङ कलेज लगायतका अन्य आधा दर्जन कलेजका महिला विद्यार्थीहरु सहभागी थिए । कार्यक्रम अन्तर्गत विद्यालय÷कलेज तहमै मोटरस्पोर्ट डिजाइन, ट्रयाकको डिजाइन, स्पीडिङ र कन्ट्रोल, फरमुला वानको फाउण्डेशन सम्बन्धी सैद्धान्तिक र प्रयोगात्मक ज्ञान दिने, प्रदर्शन गर्ने तथा कार्टसको प्रतिस्पर्धा गर्ने जस्ता कार्य सम्पन्न भइसकेको आयोजकले जनाएको छ ।
यस वर्ष समेत कलेज तहका देखि अन्तर्राष्ट्रिय प्रतिस्पर्धाहरुमा सहभागि पू¥याउने सम्मका कार्यक्रम रहेको नासा नेपालले जनाएको छ । यस वर्ष फरमुला वानको ट्रयाक डिजाइन र रेसिङ, कारको मोडल डिजाइन र टिम प्रतिस्पर्धा र त्यसको राष्ट्रिय च्याम्पियनसिप आयोजना गरिने बताईएको छ ।