काठमाडौं । नेपाल शारीरिक सुगठन तथा फिटनेस् महासंघद्वारा आयोजना गर्न लागेको ५५औं एशियाली शारिरीक सुगठन तथा फिजिक्स स्पोर्टस् प्रतियोगिताको तयारी पूरा भएको छ ।
नेपाल शारीरिक सुगठन तथा फिटनेस् महासंघले पहिलो पटक नेपालमा एशियन च्याम्पियनशिप गर्न लागेको हो ।
प्रतियोगितामा हाल सम्म एशियाली राष्ट्रका करीव २५ देशहरुले सहभागिता जनाउने निश्चित भइसकेको छ । एशियाका राष्ट्रहरुले भाग लिने यस प्रतियोगितामा ४५ विधामा प्रतिस्पर्धा आयोजना हुनेछ ।
जसमा पुरुष तर्फ २८ वटा महिला तर्फ १६ विधामा प्रतिस्पर्धा हुनेछन् भने एउटा मिक्स प्रतिस्पर्धा समेत समावेश गरिएको छ । प्रतियोगिता याक एण्ड येती होटेलमा हुनेछ ।
सात दिन सम्म चल्ने यस प्रतियोगिताको पहिलो दिन भाद्र १५ गते (क्भउत. ज्ञ) सबै राष्ट्रका खेलाडी स्वागत कार्यक्रम तथा खेलाडी च्भनष्कतचबतष्यल गरिने छ । भाद्र १६ गते टिम मैनेजस मिटिङ्ग, निर्णायक मिटिङ्ग, डोपिङ सेमिनार तथा एशियाली कग्रेसको आयोजना समेत हुनेछ ।
भाद्र १७ गते खेलाडी तौल तथा हाइट मेजरमेन्ट र उमेर समूहको जांचको कार्यक्रम रहने छ । सोही दिन एशियाली वार्षिक कग्रेसको मिटिङ्ग तथा निवाचन समेत हुनेछ ।
भाद्र १८ गते प्रतियोगितामा प्रत्येक राष्ट्रको झण्डा सहित मार्च पास्ट परेड गरिने छ । उक्त दिन १६ वटा विधामा प्रतिस्पर्धा हुनेछ र सोही दिन नतिजा आउने छ । उक्त दिन १४ जना नेपाली खेलाडीहरुले ८ वटा समूहमा प्रतिस्पर्धा गर्नेछन् ।
प्रतिस्पर्धामा धेरै अंक ल्याउने ३ देशलाई टिम च्याम्पियनको प्रथम द्वितीय तथा तृतीय घोषण गरिने छ ।