काठमाडौं । चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदको पुरुष रग्बी सेभेन्समा नेपाल र ङकङ एकै समूहमा रहेका छन् ।
नेपाल र हङकङसँगै समूहमा फिलिपिन्स पनि रहेको छ । एसियाडमा नेपालले पुरुष रग्बीमा सहभागिता जनाउदै छ ।
पुरुष रग्बीमा जम्मा १२ राष्ट्रले प्रतिस्पर्धा गर्ने छन् । सहभागी टिमलाई चार समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।
समूह ‘बी’ मा दक्षिण कोरिया, मलेसिया र चाइनिज ताइपेइ तथा समूह ‘सी’ मा जापान, सिंगापुर र थाइल्यान्ड रहेका छन् । समूह ‘डि’ मा युएइ, चीन र अफगानिस्तान छन् ।
रग्बीका खेलहरु सेप्टेम्बर २४ तारिखदेखि सुरु हुनेछ । विराट श्रेष्ठको कप्तानीमा रहेको नेपाली टोलीले पहिलो खेल फिलिपिन्स तथा दोश्रो खेल हङकङ चाइना विरुद्ध खेल्ने छ ।
एसियाली खेलकुदमा नेपालले पहिलो पटक रग्बीमा सहभागिता जनाउन लागेको हो । हाङझाव एसियाड सेप्टेम्बर २३ तारिखदेखि सुरु हुँदैछ ।
नेपाली टोली
विराट श्रेष्ठ (कप्तान), विवेश बासु, विक्रम पुरी, विक्रम भारती, झुकेन्द्र राई, नवीन महर्जन, निरोज कार्की, पुजन फेवाली, सविन महत, श्रीराम श्रेष्ठ, सुजन कुमाल र यदु अधिकारी