काठमाडौं । विश्व शारिरिक सुगठन तथा फिजिकल स्पोर्ट्स च्याम्पियनसिपमा नेपाललाई स्वर्ण पदक दिलाएका बडिबिल्डर महेश्वर महर्जनको भब्य स्वागत गरिएको छ ।
थाईल्याण्डको चाङमईमा भएको १० औ विश्व च्याम्पियनसिपमा स्वर्ण जितेर नेपाल फर्किएका महर्जनलाई काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा भब्य स्वागत गरिएको हो ।
पदक विजेता महर्जनले देशको नाम उच्च स्थानमा राख्न पाउँदा आफु निकै भावनात्मक बनेको बताए ।
‘बिदेशी भुमिमा एक्लो भएर हर्षका आँशु आएको हो ।’ पदक जिते लगत्तै हर्षित मुद्रामा आँशु बगाएका महर्जनले सञ्चारकर्मी सामु भने ।
बडिबिल्डिङमा धेरै खर्च हुने गरेको बताउँदै महर्जनले प्रतियोगिताका लागि मात्र आफुले ७–८ लाख खर्च गरेको बताए । ‘बिजेता हुदाँ जति खुसी भएको थिए । यहाँ आउदाँ त्यो भन्दा बढी खुसी भएको छु ।’ उनले थपे ।
पदक समारोहमा बजेको पुरानो राष्ट्रिय धुनका बिषयमा आयोजकले माफी मागेको उनले खुलाए । ‘नेपालीको छोरा हुँ, जुन धुन बज्दा पनि खुसी त भैहालिन्छ ।’ उनले प्रष्ट भने ।
च्याम्पियनसिपको पुरुष ७५ केजीमा महर्जनले भारतका खेलाडीलाई पछि पार्दै स्वर्ण जितेका थिए । बाह्र खेलाडी सहभागी उक्त स्पर्धामा भारत दोश्रो र सिंगापुर तेश्रो भएको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महर्जनलाई राखेप उपाध्यक्ष पिताम्बर तिमल्सिना तथा नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका पदाधिकारीले स्वागत गरेका थिए ।
महर्जनको स्वागतमा विमानस्थलमा बाक्लो उपस्थिति रहेको थियो ।