काठमाडौ । नेपालमा शनिवारबाट रग्बी यू-२० सेभेन्सको तयारि पुरा भएको संघले बताएको छ ।
एसिया रग्वीको आयोजना र नेपाल रग्वी संघको व्यवस्थापनामा शनिबारबाट प्रतियोगिता हुदैछ ।
प्रतियोगिता शनिवार र आइतबार गरि दुई दिनसम्म चल्नेछ ।
प्रतियोगितामा पुरुष र महिलामा गरि नेपालसहित आठ टिमको सहभागीता रहने छ ।
प्रतियोगितामा नेपालसहित भारत,थाईल्यान्ड, मलेसिया, चाइनिज ताइपेइ, उज्वेकिस्तान र हङकङ सहभागीता रहनेछ।
पुरुष तर्फ नेपालसहित भारत,थाईल्यान्ड, मलेसिया, चाइनिज ताइपेइ, उज्वेकिस्तान र हङकङ सहभागीता रहनेछ ।
महिला तर्फ भने नेपालसहित थाईल्यान्ड, मलेसिय र हङकङको सहभागीता रहनेछ ।
उद्घाटन खेलमा भोलि पुरुषतर्फ नेपालले भारतको सामना गर्नेछ । महिला तर्फ भने नेपालले हङकङको सामना गर्ने छ ।
यस खेलमा करीव २ सय जना विदेशी खेलाडी र २५ जना खेल निर्णायकको सहभागिता हुने संघले जानकारि दिएको छ।