काठमाडौं । विश्व नम्बर एक कार्लोस अल्काराज क्यानेडियन ओपन टेनिसको क्वार्टरफाइनलमा पराजित भएका छन् ।
टोरेन्टोमा शनिबार भएको खेलमा अल्काराज टोमी पाउलसँग ३–६, ६–४ र ३–६ को सेटमा पराजित भएका हुन् ।
१२ औं वरियताको अमेरिकन खेलाडी पाउलले विश्व नम्बर एक अल्काराजलाई स्तब्ध पारे । जुनमा सेमिफाइनलमा फ्रेन्च ओपनमा पराजित भएपछि अल्काराज पहिलो पटक पराजित बनेका हुन् ।
'म मान्छु, मैले राम्रो खेल्न सकिन ।' अल्काराजले भने, राम्रो बन्न म अभ्यासमा सबै गर्नेछु । 'यूएस ओपन अघि मसँग केही हप्ताबाँकी छ ।'