काठमाडौ । स्वीचव्याक नेपाल र हिमालयन सिंगल ट्रयाकको आयोजनामा शनिवार भेलोसिटी पम्प फेस्ट सम्पन्न भएको छ।
एकदिने प्रतियोगितामा जुनियर मेन्स, वुमेन्स, युथ , मास्टर्स र एलिट गरि जम्मा पाच विधामा प्रतिस्पर्धा भएको थियो।
प्रतियोगितामा जुनियर मेन्सतर्फ कविर खडक ले ३५.१४ सेकेन्डमा रेस पुरा गरिदै च्याम्पियन बने। त्यस्तै सस्वोत बज्राचार्यले ३६.२६५ सेकेन्डमा पुरा गर्दै दोस्रो हुदा अस्भिन खत्रीले ३६.६८७ सेकेन्डमा पुरा गर्दै तेस्रो बने।
त्यस्तै वुमेन्सतर्फ निस्मा श्रेष्ठले ४२.४६४ सेकेन्डमा पुरा गर्दै च्याम्पियन बनिन्। त्यस्तै सकुन्तला बुढा मगरले ४९.२५७ सेकेन्डमा पार गर्दै दोस्रो र मिंग्मार यांजी शेर्पाले ५२.६७७ सेकेन्डमा पुरा गर्दै तेस्रो बनिन्।
युथतर्फ अविजित खत्री ३९.३२१ सेकेन्डमा पार गर्दै च्याम्पियन बने। त्यस्तै सुजित कुमार ४४.४५३ सेकेन्डसहित दोस्रो हुदा छिरिंग पासांग शेर्पा ४४.६२३ सेकेन्ड सहित तेस्रो बने।
मास्टर्सतर्फ उमंग श्रेष्ठ ३८.१२२ सेकेन्डमा पुरा गर्दै च्याम्पियन बने। त्यस्तै सुवर्ण व्यन्जनकार ३८.९६५ सेकेन्डसहित दोस्रो बन्दा सन्जय देउला ३९.७३४ सेकेन्डसहित तेस्रो बने।
एलिटतर्फ निरभ श्रेष्ठ च्याम्पियन बनेका छन्। उनले ३४.७५३ सेकेन्डमा पुरा गरे। त्यस्तै राजेश मगर ३४.९४९ सेकेन्डमा पुरा गर्दै दोस्रो बन्दा क्रिष्टोफोर केलिंग ३४.९५९ सेकेन्डमा पुरा गर्दै तेस्रो बने।
प्रतियोगिताको प्रत्येक बिधाका तिन शीर्ष विजेतालाई प्रायोजक जायन्टले पुरस्क्रित गरेको छ। त्यस्तै एलिटतर्फको विजेता खेलाडीले नगद पुरस्कार प्राप्त गरेका छन्।