पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले पाँचौं स्थापना दिवस मनाउने भएको छ ।
मञ्चको शनिबार पोखरामा बसेका तिसौं कार्यसमिति बैठकले यही साउन २३ गते मंगलबार पाँचौं स्थापना दिवस मनाउने निर्णय गरेको हो ।
पोखरा–२२ स्थित कालावाङ घरेडी होमस्टेमा एक कार्यक्रमका विच स्थापना दिवससंगै ‘सातौं पोखरा स्पोर्टस् अवार्ड–२०८०’ को पनि समिक्षा गरिने मञ्चका अध्यक्ष दीननाथ बरालले जानकारी दिए ।
मञ्चले गत बैशाख २३ गते ‘पोखरा स्पोर्टस् अवार्ड २०८०’ मा विभिन्न सात विधामा अवार्ड प्रदान गरेको थियो ।
यसअघि २०५२ सालमा नेपाल खेलकुद पत्रकार मञ्च कास्कीका नाममा स्थापना भएको मञ्च २०५७ सालमा गण्डकी प्रदेशका नामबाट दर्ता भई स्पोर्टस् अवार्डसहित विभिन्न गतिविधि गर्दै आइरहेको छ ।
मञ्चमा ७४ जना सदस्य छन् ।