सोमबार, ३० चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

पटेला स्मार्टलाई सुदूरपश्चिम ११ द्वारा खेल सामाग्री सहयोग 

आइतबार, १४ श्रावण २०८०खेलपाटी संवाददाता
पटेला स्मार्टलाई सुदूरपश्चिम ११ द्वारा खेल सामाग्री सहयोग 
Loading ad...
mustang rice ad

धनगढी । सुदूरपश्चिम ११ स्पोर्टस क्लबले पटेला स्मार्ट क्लबलाई खेल सामग्री सहयोग गरेको छ । पटेलास्थित फुटवल मैदानमा आईतबार एक कार्यक्रमको आयोजना गरी सुदूरपश्चिम ११ स्पोर्ट्स क्लबले पटेला स्मार्टलाई खेल सामग्री सहयोग गरेको हो ।

सुदूरपश्चिम ११ का अनुसार पटेला स्मार्टलाई ११ वटा बल, ४५ जर्सी सेट, ३० टिसर्ट, २६ क्याप, कोन, मार्कर सहितको खेल सामाग्री सहयोग गरिएको हो । सुदूरपश्चिम ११ स्पोर्टस क्लबका अध्यक्ष शुरेस हमालले पटेला स्मार्ट क्लबका अध्यक्ष मुकेश चौधरीलाई सहयोग खेल सामग्री हस्तान्तरण गरेका थिए । 

धनगढीको ग्रामिण इलाकामा रहेका २५ जना पुरुष र १५ जना महिला फुटबलरलाई छनोट गरि पटेला स्मार्ट क्लबमा प्रशिक्षण गराउने उद्धेश्यका साथ सुदूरपश्चिम ११ फुटबल क्लबले खेल सामाग्री सहयोग गरेको हो । 

साथै, धनगढीका दुई क्लबले दुई वर्षको रणनीतिक सम्झौता समेत गरेका छन् ।

सुदूरपश्चिम ११ फुटबल क्लबले पटेला स्मार्ट क्लबमा खेलाडीलाई प्रशिक्षणको व्यवस्था मिलाउने छ । पटेलालाई आवश्यक पर्ने प्रशिक्षक सहितको सामाग्री सहयोग सुदूरपश्चिम ११ ले गर्नेछ ।

सुदूपश्चिम ११ फुटबल क्लबका अध्यक्ष सुरेश हमालले ग्रामिण क्षेत्रमा रहेका फुटबलरलाई राम्रो प्रशिक्षण दिने उद्धेश्यले पटेला स्मार्ट क्लबसँग सहकार्य गरिएको बताए । उनले यस सम्झौताबाट ग्रामिण क्षेत्रमा रहेका फुटबलरले नियमित रुपमा प्रशिक्षण गर्न पाउने र उत्कृष्ट निस्कने खेलाडीले सुदूरपश्चिम ११ बाट राष्ट्रिय-अन्तराष्ट्रिय प्रतियोगितामा खेल्न अवसर पाउने बताए । 

क्लबको आन्तरिक ब्यवस्थापन पटेला स्मार्ट आफैले हेर्ने, पटेलालाई आवश्यक पर्ने प्रशिक्षक सहितको खेल सामाग्री सुदूरपश्चिम ११ ले सहयोग गर्ने विषयमा सम्झौता भएको हमालले बताए । 

सुदूरपश्चिम ११ फुटबल क्लब पश्चिम नेपालको प्रतिष्ठित फुटबल क्लबको रुपमा रहेको छ । जसले हरेक वर्ष सर्वाधिक धनराशीको सुदूरपश्चिम खप्तड गोल्डकप अन्तराष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ । साथै नेपालका प्रतिष्ठित फुटबल प्रतियोगितामा सुदूरपश्चिमको प्रतिनिधित्व गर्ने गरेको छ । साथै एन्फाको सी डिभिजन छनोट कार्यक्रममा समेत खेल्दै आएको छ । 

सुदूरपश्चिम ११ स्पोर्टस क्लवका अध्यक्ष शुरेस हमालले जिल्ला फुटबल संघले यस्ता कार्य गर्नुपर्ने भएपनि त्यसो हुन नसकेको बताए । 

‘हामीले सहयोग गर्नुपर्ने स्थिती आउनुपर्ने होइन । यस्ता ठाउँमा जिल्ला फुटवल सघं पुग्नुपर्ने हो तर फुटवल संघ नपुगेपछि हामीले सहयोग गर्नु परेको हो ।’ सुदूरपश्चिम ११ क्लबका अध्यक्ष हमालले भने, ‘शहर केन्द्रित मात्रै भएर फुटबलका खेलाडी उत्पादन हुँदैनन् । गाउँ गाउँमा फुटबलका खेलाडी उत्पादन गरे देशको फुटबल भविष्य बन्छ । त्यस कारण हामीले पटेलाका खेलाडीलाई सहयोग पुगोस् भनेर बल, ड्रेस लगायतका सामग्री सहयोग गरेका हौँ ।’

‘पटेला स्मार्ट क्लबसंग सहकार्य गर्दै प्रतियोगितामा सहभागी हुनेछौँ ।’ हमालले थपे, ‘यहाँका खेलाडीको क्षमता अभिबृद्धि गर्न एकजना पुरुष र एक जना महिला प्रशिक्षक खटाएका छौँ । सक्दो मेहेनत गर्नुहोला, फुटबलप्रति माया भएकामात्र खेल्न आउनुहोला, समय बर्वाद गर्न कोही नआउनुहोला ।’ 

पटेला स्मार्ट क्लवका अध्यक्ष मुकेश चौधरीले सुदूरपश्चिम ११ सँगको सहकार्यले क्लबको गतिविधि अघि बढाउन सहयोग पुग्ने बताए । उनले सुदूरपश्चिम ११ सँगको सम्झौता दुई वर्षमात्र नभएर लामो समयका लागि आवश्यकता रहेको उल्लेख गरेका थिए ।  

खेल सामग्री हस्तान्तरण कार्यक्रममा प्रदेश फुटबल संघ सुदूरपश्चिमका उपाध्यक्ष राघव कार्की, क्लबका प्रमुख सल्लाहकार पतिराम चौधरी, फुटबल संघका सुदूरपश्चिम सदस्य हेमकर्ण रञ्जितकार, फुटबल संघ कैलालीका निबर्तमान महासचिव ओम प्याकुरेल, नवोबुद्ध युवा क्लबका अध्यक्ष निरज बिष्ट, क्लबका कार्यसमिति सदस्य खडक शाह लगायतको उपस्थिती थियो । 
 

Loading ad...
LiNing Ad
#पटेला स्मार्ट

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
चर्च बोइज सेमिफाइनलमा

चर्च बोइज सेमिफाइनलमा

फेरि एरिका फाइनलमा पराजित

फेरि एरिका फाइनलमा पराजित

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

अप्रत्याशित मिलान

अप्रत्याशित मिलान

चम्किँए यमल

चम्किँए यमल