काठमाडौं । काजकिस्तानको अकाटु सिटीमा हुने वर्ल्ड स्कुल टिम चेस च्याम्पियनसिपमा नेपाली बुद्धिचाल खेलाडीले सहभागीता जनाउने भएका छन् ।
यू–१२ तर्फ नेपालको प्रतिनिधित्व गर्दै त्रियोग उच्च माविका खेलाडी सम्पन्न बज्राचार्य, विस्वस्त मरासिनी, परिधी खत्री र त्रिलोक बुर्लाकोटीले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन् ।
वर्ल्ड स्कुल टिम च्याम्पियनसिपमा पहिलो पटक सहभागी जनाउन लागेको नेपाली टिमको टिम क्याप्टेनमा त्रियोग स्कुलकी शिक्षिका दिपा भट्टराई रहेका छन् भने टिम व्यवस्थापकमा अभिभावक शगुना शाक्य रहेकी छिन् ।
अन्नपूर्ण उच्च माविको आयोजनामा असार महिनामा संचालन भएको नेशन स्कुल चेस च्याम्पियनसिपमा टिम च्याम्पियन हुन सफल त्रिगोग स्कुललाई नेपाल बुद्धिचाल महासंघले सहभागी गराउने निर्णय गरेको थियो ।
प्रतियोगिता अगष्ट ३ देखि ८ तारिकसम्म चल्नेछ ।
वर्ल्ड चेस फेडरेसनले विश्वका नेशनल स्कुल च्याम्पियन भएका ५० राष्ट्रलाई सहभागी गराउने निर्णय गरेको थियो ।
सहभागी हुुने खेलाडी, अफिसयल र टिम क्याप्टेनलाई नेपाल बुद्धिचाल महासंघका अध्यक्ष बिदुर गौतम र कोषाध्यक्ष तारा बहादुर रानाभाट बिदाई गरे ।
नेपाली टिम शनिबारनै काजकिस्तान प्रस्थान गरेको छ ।