काठमाडौं । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले एसियन गेम्सको तयारीको निरिक्षण गरेका छन् ।
राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य–सचिव टंकलाल घिसिङलाई साथमा लिएर खेलकुद मन्त्री लिम्बुले खेलाडीको प्रशिक्षणको निरीक्षण गरेका हुन् ।
मित्रराष्ट्र चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदको तयारी प्रशिक्षणमा रहेका विभिन्न ४ खेलको मन्त्री लिम्बु सहितको टोलीले निरिक्षण गर्यो ।
मन्त्री सहितको टोलीले एथलेटिक्स, फुटबल, भलिबल र उसुको तयारी प्रशिक्षणमा रहेका खेलाडीको प्रशिक्षणको निरीक्षण गरेको हो ।
चारै खेलको प्रशिक्षण त्रिपुरेश्वरस्थित राखेप हातामा भइरहेको छ ।
सो अवसरमा मन्त्री लिम्बूले खेलाडीको तयारीसंग सम्बन्धित विविध पक्ष बारे जानकारी लिएका थिए । उनले जित्ने गरि तयारी र प्रशिक्षणमा जुट्न खेलाडीलाई निर्देशन दिएका थिए । उनले राज्यको स्रोत साधनले पुग्ने गरी खेलाडी र प्रशिक्षणलाई ब्यवस्थित बनाउने प्रतिबद्धता जनाएका थिए ।
असोज ६ गतेदेखि सुरु हुने हाङझाव एसियाडमा नेपालले विभिन्न २९ खेलमा सहभागिता जनाउदैछ ।