काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले एसियन गेम्स तयारीको निरिक्षण गरेका छन् ।
बक्सिङ संघको निर्वाचनमा सहभागी हुन पोखरा पुगेका सदस्य सचिव घिसिङले एसियन गेम्सको तयारीको निरिक्षण गरेका हुन् ।
चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदको प्रशिक्षणका लागि पोखरामा रहेका आर्चरी, बक्सिङ र रग्बीका खेलाडीले प्रशिक्षण गरिरहेका छन् ।
सदस्य–सचिव घिसिङले प्रशिक्षक र खेलाडीलाई तयारी प्रशिक्षण, खाना, बसोवास, समस्यालगायतका विषयमा जानकारी लिएका थिए ।
उनले खेलाडीलाई १९ औं एसियाली खेलकुदमा नेपालको उपस्थिति गर्विलो बनाउने गरी तयारीमा जुट्न खेलाडीलाई हौसला प्रदान गरेका थिए ।