सोमबार, ३० चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

धावक बनाउने प्रशिक्षण अभियानको सुरुवात

शनिबार, ३० असार २०८०खेलपाटी संवाददाता
धावक बनाउने प्रशिक्षण अभियानको सुरुवात
Loading ad...
mustang rice ad

काठमाडौं । एनआरएस स्पोर्टस फाउन्डेसनले इनड्राइभको सहकार्यमा धावक बन्न चाहानेका लागि प्रशिक्षणको औपचारिक सुरुवात गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद् राखेपको सेमिकभर्ड हलमा राखेपका  सदस्य सचिव टंकलाल घिसिङले शनिबार प्रशिक्षणको उद्घाटन गरेका थिए । उनले प्रशिक्षणले एथलेटिक्समा नयाँ खेलाडी तयार हुने विश्वास व्यक्त गरे । 

दौड संस्कृतिलाई प्रवद्र्धन गर्न र लामो दूरीका धावकलाई अन्तर्राष्ट्रिय दौड प्रतियोगितामा सहभागिता जनाउने वातावरण तयार पार्ने उद्देश्यका साथ एनआरएस स्पोर्टस फाउन्डेसनले प्रशिक्षण सन्चालन गरेको एनआरएस स्पोर्टस फाउन्डेसनका संस्थापक तथा काठमाडौं म्याराथनका संस्थापक अध्यक्ष निलेन्द्रराज श्रेष्ठले बताए ।

प्रशिक्षण १२ वर्ष मुनीका बालबालिकाहरुलाई लक्षित गरि सुरुवात गरिएको हो ।

'लामो समयदेखि दक्षिण एसियाली स्तरका दौड प्रतियोगितामा नेपालको प्रदर्शन उत्कृष्ट रहँदै आएको छ । अझै व्यवस्थित प्रशिक्षण दिन सकेको खण्डमा भविष्यमा विश्व स्तरका खेलाडी तयार हुने सम्भावना छ ।' फाउन्डेसनले जारी गरेको बिज्ञप्तिमा भनिएको छ । 

फाउन्डेसनका अध्यक्ष श्रेष्ठले स्थानीय प्रतिभालाई राम्रोसँग हुर्काउन वातावरण तयार पार्न सके नेपालले माथिल्लो स्तरका खेलाडी तयार हुने विश्वास व्यक्त गरे । दौडको प्रशिक्षणका लागि एनआरएस स्पोर्टस फाउन्डेसन र इनड्राइभबीचको सहकार्यले महत्वपूर्ण हुने विश्वास लिएको छ ।

निशुल्क रुपमा गरिने प्रशिक्षण पहिलो चरणमा उपत्यकाका काठमाडौं, पाटन, भक्तपुर, थिमी, कीर्तिपुरमा सन्चालन गरिने बताईएको छ । अर्को चरणमा हेटौंडा, बुटवल र पोखरामा प्रशिक्षणा गरिने योजना छ । 

काठमाडौंमा विमला राना मगर,  पाटनमा विमला जोशी र धनिराम चौधरी, भक्तपुरमा मोहन कर्माचार्य, थिमीमा राधेश्याम कावा, पोखरामा सिद्धान्त अधिकारी र हेटौडामा राजाराम पोखरेलले प्रशिक्षण दिनेछन् । प्रशिक्षकहरुको संयोजक राकेश बज्राचार्यले गर्ने फाउन्डेसनले जनाएको छ ।

Loading ad...
LiNing Ad
#धावक #प्रशिक्षण

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
 नवौं मेयर भोजपुर गोल्डकप बैशाख ६ गतेबाट

नवौं मेयर भोजपुर गोल्डकप बैशाख ६ गतेबाट

चर्च बोइज सेमिफाइनलमा

चर्च बोइज सेमिफाइनलमा

फेरि एरिका फाइनलमा पराजित

फेरि एरिका फाइनलमा पराजित

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

अप्रत्याशित मिलान

अप्रत्याशित मिलान