बिशाल पन्थ ।
काठमाडौं । मिक्स मार्सल आर्ट्सको ओसीएफ–एसवान प्रतियोगिता आगामी शनिबार हुने भएको छ । विश्वभर एम.एम.ए कार्यक्रममा उत्कृष्ट मानिएको ओसीएफ–एसवान प्रतियोगिता नेपालमा शनिबार हुने भएको हो ।
यो प्रतियोगिता मिक्स मार्सल आर्ट्स एशोसियसन अफ नेपाल (एम.एम.ए.ए.एन)द्धारा स्विकृत तथा अनुगमन गरिएको कार्यक्रम रहेको बुधबार आयोजित कार्यक्रममा जानकारी दिईयो ।
यस प्रतियोगितामा नेपाल सहित भारतका खेलाडी सहभागी हुनेछन् । कुल सहभागी २० मध्य भारतबाट ८ र नेपालबाट १२ खेलाडी सहभागी हुने आयोजकले जनाएको छ । यस प्रतियोगितामा दुई महिला खेलाडी समेत सहभागी हुने बताईएको छ ।
प्रतियोगितामा समावेश खेलाडीले सहभागीताका आधारमा पुरस्कार प्राप्त गर्नेछन् । अमेच्योर खेलाडीले खेलका लागि ७ हजार र जित्ने खेलाडीले थप ७ हजार प्राप्त गर्नेछन् । प्रोफेसनलतर्फ १५ हजार सहभागीताका लागि र जित्नेका लागि थप १५ हजार रुपैयाँ छुट्याईएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा ३ प्रोफेसनल र ७ अमेच्योर खेल हुने बताईएको छ ।
प्रतियोगिताको टिकट मुल्य हजार रुपैयाँ राखिएको छ भने कार्यक्रम शंखमुलस्थित अनमोल बैंककुइटमा सञ्चालन गरिने आयोजकले जनाएको छ ।