इलाम । आगामी भदौ २ र ३ गते काठमाण्डौमा हुने एसिया यु–२० रग्बी च्याम्पियनसिपको टोलीमा इलामबाट ३ जना खेलाडीले स्थान बनाएका छन् ।
नेपाली राष्ट्रिय टोलीमा पुरुषतर्फ २ र महिलामा १ खेलाडीले प्रारम्भिक २० खेलाडीमा स्थान बनाएका हुन् । पुरुषतर्फ मनिष हिङमाङ र विराश रेग्मी तथा महिलामा रोजिना साम्बा प्रारम्भिक २० मा परेको कोशी प्रदेश रग्बी संघका अध्यक्ष बिनोद कटुवालले जानकारी दिए ।
गत आइतबारदेखि पोखरामा भएको छनौट खेलमा सहभागि महिला तथा पुरुष ३५–३५ खेलाडीबाट २०–२० खेलाडीको नाम सार्वजनिक गरिएको हो ।
छनौट हुने महिला खेलाडीमा मकवानपुरबाट ज्योती बम्जन, मनिषा पाख्रिन र शुष्मा घिसिङ रहेका छन् । सर्लाहीकी पुष्पा खडका र रोश्ना पोखरेल, पाँचथरका सुजा राई, रेनुका तुम्वापो र सम्झौता तुम्वापो, उदययुरकी सुशिला सुनुवार र कमला राई, काठमाण्डौकी सलिना श्रेष्ठ र निरजरा लावत, सिन्धुपाल्चोककी प्रिया तामाङ र सन्ध्या तामाङ रहेकी छन् ।
बर्दियाकी यशोदा बोहोरा र रेशमा चौधरी, बाँकेकी आरुषी भट्टराई, चितवनकी आशिका अधिकारी र बागलुङकी सृजना छन्त्याल समेत अन्तिम २० मा परेका छन् ।
पुरुषतर्फ काठमाण्डौबाट रोहन डंगोल, आदेश डंगोल, विशन श्रेष्ठ र सहन डंगोल रहेका छन् । त्यस्तै बर्दियाका महेश सुनार, नवलपुरका शुसन आले, कञ्चनपुरका चन्द्र देव जोशी, सुर्खेतका मनोज ताम्राकार, पाँचथरका सन्दिप कुमार राई, उदयपुरका नविन बहादुर मगर र प्रशान्त कामती रहेका छन् ।
सर्लाहीका रोशन वमजन र एम्प चौधरी, मकवानपुरका अबी राई, पर्साका विशेक बछार र अभिषेक थापा, गोर्खाका गणेश बाँनिया समेत प्रारम्भिक २० मा समेटिएका छन् ।
छनौट भएका खेलाडीबाट अन्तिम १५ जना खेलाडीको छनोट गरिनेछ । प्रतियोगिताको बन्द प्रशिक्षण पोखरामा हुने बताईएको छ ।