काठमाडौं । नेपाल मोर्डन पेन्टाथलन संघको साधारण सभा तथा निर्वाचनले राजु श्रेष्ठको अध्यक्षतामा १७ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको छ ।
शनिबार नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा मोहनकुमार डाँगी, उपाध्यक्षहरुमा शकुन्तला नगरकोटी, गोपाल न्यौपाने, भगवती विष्ट, राजु दर्शन, इन्दिरा निरौला र नारायणप्रसाद पौडेल, महाचिवमा यादवबहादुर बस्नेत, उप महासचिवमा रितेश श्रेष्ठ, सचिवमा यदुकुमार बस्नेत र रचना लाखेमरु तथा कोषाध्यक्षमा शैलेन्द्रमान श्रेष्ठ निर्विरोध निर्वाचित भए ।
सदस्यमा सुन्दर प्रजापति, ज्ञानेन्द्र श्रेष्ठ, ऋषिराज लहरे र रविकिरण खड्का चयन भए ।
साधारणसभाको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच उद्घाटन गरेका थिए ।
सो अवसरमा विभिन्न सयममा भएका अन्तर्राष्ट्रिय मोर्डन पेन्टाथलनका पदक विजेतालाई सम्मान पनि गरिएको थियो ।