काठमाडौं । बर्दिया फुटबल संघका अध्यक्ष अजित राज भण्डारीको नेतृत्वमा लुम्बिनी प्रदेश फुटबल संघ गठन भएको छ ।
शनिबार बुटवलमा भएको अधिवेशनले भण्डारीको नेतृत्वमा सर्वसम्मत कार्यसमिति गठन गरेको हो । कार्यसमिति उपाध्यक्षमा होमबहादुर क्षेत्री, खोम सिंह ठकुरी, अजय कुमार शर्मा निर्विरोध निर्वाचित भएका छन् ।
सदस्यमा मोहन सिंह राना, करन चित्रकार, अनिलकुमार शाक्य, सुरेशमणि त्रिपाठी, शिव श्रेष्ठ, भेषराज पौडेल, संजय कार्की, सुशिल कुमार श्रेष्ठ, मोहन सिंह थापा, अशोक सेन र महिला सदस्यमा सीता गोतामे निर्विरोध निर्वाचित भएका छन् ।
अधिवेशनमा एन्फा उपाध्यक्ष दिर्घबहादुर केसी कुमारले सर्वसम्मत नेतृत्व चयनले यस क्षेत्रको फुटबल विकासमा महत्वपुर्ण योगदान हुने विश्वास ब्यक्त गरे ।
उनले केन्द्रबाट बजेट ब्यवस्था नभएका कारण स्थानीय तहसँग मिलेर खेलकुद प्रतियोगिता सञ्चालन गर्नुपर्ने धारणा राखे ।
केन्द्रिय सदस्य भोजराज शाहीले फुटबलमा देखिएको समस्या चाँडै समाधान हुने धारणा राखेका थिए ।