काठमाडौं । नेपालको इ स्पोर्ट्स टिम डीआरएस गेमिङ पब्जि मोबाईलको प्रतिष्ठित प्रतियोगिता पीएमडब्लुआई खेल्न साउदी अरेबिया लागेको छ ।
भोटिङबाट प्रतियोगितामा छनोट भएको डीआरएस गेमिङ शनिबार साउदीतर्फ प्रस्थान गरेको हो ।
यस प्रतियोगिताको पहिलो राउण्डमा १८ वटा टिमसँग प्रतिस्पर्धा गर्नेछ । जसको पुरस्कार राशी १ मिलियन डलर रहेको छ ।
यस प्रतियोगितामा सहभागीताको मात्र टिमले १५ हजार डलर प्राप्त गर्नेछ । यसमा अल स्टार राउण्डको शीर्ष ६ भित्र पर्ने टिमले मुख्य स्पर्धा खेल्न पाउनेछ । मुख्य स्पर्धाका लागि १० टिमको छनोट भैसकेको छ । अल स्टारका शीर्ष ६ टिम गरि १६ टिमले अन्तिम स्पर्धामा भाग लिनेछन् ।
मुख्य स्पर्धाको पुरस्कार राशी भने २ मिलियन डलर रहेको छ । अन्तिम स्पर्धामा छनोट भएका टिमले कम्तीमा २५ हजार डलर प्राप्त गर्नेछन् ।
नेपाली टिम डीआरएसले सुरुमा अल स्टार राउण्ड खेल्नेछ । सो राउण्ड जुलाई ११ देखि १३ सम्म चल्नेछ । यस राउण्डको शीर्ष ६ भित्र परेको खण्डमा डीआरएस अन्तिम चरणमा छनोट हुनेछ । अन्तिम चरण जुलाई १४ देखि १७ सम्म चल्नेछ ।