काठमाडौं । मोटर स्पोर्ट्समा काम गर्ने संख्या नासा नेपालको लुम्बिनी प्रदेश संघ गठन भएको छ ।
मोटर स्पोर्ट्स र अटोमोबाइल मोबिलिटी, टुरिजम र रोड सेफ्टी क्षेत्रमा संलग्न युवाहरुको भेलाले बिहीबार बुटवलमा १५ सदस्यीय प्रदेश संघ गठन गरेको हो ।
एफआईए वर्ल्ड काउन्सिलका सदस्य गोबिन्द भटराईको अध्यक्षता तथा लुम्विनी प्रदेश खेलकुद बिकास समितिका सदस्यसचिव जय प्रकाश भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले व्यवसायी मस्कुर अहमदको अध्यक्षतामा प्रदेश संघ गठन गरेको हो ।
संघको उपाध्यक्षमा डा कृष्ण खरेल, दिनेश शर्मा र सुमन बस्याल रहेका छन् भने सचिवमा राहुल कशौधन र कुशुम ज्ञवाली छन् । कोषाध्यक्षमा वसिम अक्रम खान छन् ।
संघका सदस्यहरुमा दिनेश श्रेष्ठ, सन्दिप कशौधन, डा अन्जनी बडवाल, विनय कशौधन, महेश शर्मा, नरेश ज्ञवाली रोशन जिसी र मिरा श्रेष्ठ रहेका छन्।
सल्लाहकारमा संकल्प श्रेष्ठ, वसन्त भण्डारी, ललित श्रेष्ठ, अपूर्व सिंह, मञ्जु गिरी, प्रशान्त कोइराला र प्रविना घिमिरे रहेका छन् ।
यसका साथै भेलाले आगामी साउन १३ गते काठमाडौमा आयोजना हुने नासाको साधारणसभाका लागि अध्यक्ष मस्कुर अहमद, उपाध्यक्ष दिनेश शर्मा, सचिव राहुल कशौधन, कोषाध्यक्ष वसिम अक्रम खान र सदस्य प्रविना घिमिरेलाई प्रतिनिधिको रुपमा पठाउने निर्णय गरेको छ ।
नयाँ खेलकुद ऐन अनुसार नासा नेपालले संघीय संरचना अनुसार प्रदेश संघको गठन गरेको हो ।