काठमाडौं । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले एसियन ओलम्पिक कमिटी (ओसीए)को कार्यसमिति सदस्य पदमा उम्मेदवारी दिने भएका छन् ।
बिहीबारदेखि थाइल्याण्डको बैंककमा सूरु भएको ओसीएको चुनावी साधारण सभामा श्रेष्ठले सदस्य पदमा उम्मेदवारी दिने तयारी गरेका हुन् ।
श्रेष्ठले सदस्य पदमा उम्मेदवारी दिनेबारे नेपाल ओलम्पिक कमिटीका एक पदाधिकारीले पुष्टि गरेको छन् ।
ओसीएको चुनावी साधारण सभामा सहभागी हुन बिहीबार श्रेष्ठ सहित एनओसी महासचिव निलेन्द्र राज श्रेष्ठ र कोषाध्यक्ष रतन टण्ठन थाइल्याण्ड प्रस्थान गरेका छन् । साधारण सभा आईतबार समापन हुने कार्यक्रम रहेको छ ।
दुई पटक राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिव भैसकेका श्रेष्ठले एनओसीमा दोस्रो कार्यकालको रुपमा अध्यक्षको जिम्मेवारीमा काम गरिहेका छन् ।