काठमाडौं । नेपाल सुटिङ संघको साधारण सभा तथा निर्वाचनले पुष्पदास श्रेष्ठलाई अध्यक्षमा निरन्तरता दिदै १४ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको छ ।
वरिष्ठ उपाध्यक्षमा जितबहादुर लामा घिसिङ, उपाध्यक्षमा ध्रुवबहादुर रायमाझी, भगवती खत्री, नरेन्द्र थापा र निरन्जनकुमार रेग्मी, महासचिवमा प्रदीप खाती, सचिवमा रुपक तामाङ र कोषाध्यक्षमा सतिश श्रेष्ठ निर्विरोध चुनिए ।
अन्जु दवाडी, शशिकला मानन्धर, झुमा निरौला गौतम, निर्मला थापा र बदरुद्दिन अन्सारी सदस्यमा चयन भए ।
नवनिर्वाचित अध्यक्षले श्रेष्ठले उपेन्द्रकेशरी न्यौपाने, राजु दर्शन र ज्ञानेन्द्र श्रेष्ठलाई उपाध्यक्षमा मनोनयन गरेको छ ।