मनिताले ताइपे एसियन जुडो ओपन खेल्ने

काठमाडौं । मनिता श्रेष्ठ प्रधानले चाइनिज ताइपेमा हुने ताइपे एसियन जुडो ओपन च्याम्पियनसिप खेल्ने भएकी छिन् । जुन १ र २ गते ताइपेमा हुने च्याम्पियनसिपमा नेपालकी मनिता श्रेष्ठले प्रतिस्पर्धा गर्ने भएकी हुन् ।
नेपाल ओलम्पिक कमिटीबाट एनओसी छात्रवृतिमा प्रशिक्षण गरिरहेकी मनितालाई एनओसी अध्यक्ष जिवनराम श्रेष्ठले बुधबार एक कार्यक्रमका बीच बिदाई गरेका छन् । मनितासँगै प्रशिक्षक तथा ओलम्पियन देबु थापा र जुडो संघका अध्यक्ष दिपकहर्ष बज्राचार्य समेत ताइपे च्याम्पियनसिपमा सहभागीता जनाउनेछन् ।
एनओसी अध्यक्ष श्रेष्ठले चोटबाट जोगिदै अनुशासित ढङ्गले प्रतियोगितामा उत्रन मनितालाई शुभकामना दिएका थिए । उनले जुडो संघले राम्रा खेलाडी उत्पादन गरिरहेको भन्दै नेतृत्वको प्रशंसा गरेका थिए ।
कार्यक्रममा एनओसी सिईयो चतुरानन्द वैद्य, उप महासचिव पिताम्बर तिम्सिना, बास्केटबल संघका अध्यक्ष भिम सिंह गुरुङ समेत उपस्थित थिए ।







copy-1761474438174-1761833912550.avif&w=3840&q=75)
copy-1761474438174-1761732681780.avif&w=3840&q=75)
%20(2)-1761961917188.png&w=3840&q=75)



%20(1)-1761905198112.png&w=3840&q=75)

