काठमाडौं । प्रथम त्रियोग अन्तरविद्यालय बास्केटबल प्रतियोगिता २०२३ को पुरुषतर्फको उपाधि ज्ञानोदय बालबाटिका स्कुलले जितेको छ ।
असार १० गते आइतबार सम्पन्न फाइनल खेलमा युरो स्कुललाई ३९–१८ ले पराजित गर्दै उपाधि हाँसिल गरेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा ग्यानोदयका आर्यन धामी, सब्रिन मानन्धर र रिजन अधिकारीले उत्कृष्ट प्रदर्शन गर्दै सर्बाधिक समान १०÷१० अङ्कका साथ टोलीलाई जितको बाटोमा डोर्राए । युरो स्कुलको तर्फबाट भने सुसाध बास्तकोटी र प्रजेन बस्नेतले समान ६÷६ अङ्कको योगदान दिए । पुरुष समूहमा ग्यानोदयका यज्ञ साही मोस्ट भ्यालुएबल प्लेयर चुनिए ।
त्रियोग हाई स्कुलले आयोजना गरेको प्रतियोगिता अन्तर्गत महिला तर्फको फाइनल खेलमा रातो बंगला स्कुलले रिब्स स्कुललाई २९–९ ले पराजित गर्दै उपाधि जितेको छ । रातो बङगलाकी अन्सु उरावले सर्बाधिक ११ अङ्क र कामाक्षी उपाध्यायले ८ अङ्क जोडिन भने रिब्सका लागि नौसिका लिम्बुले सर्बाधिक ७ अङ्क जोडिन् । महिला तर्फ रातो बङ्गलाकी अन्सु उराव मोस्ट भ्यालुएबल प्लेयर चुनिइन् ।
७ दिन चलेको प्रतियोगितामा उपत्यकाका कुल १५ विद्यालयले सहभागिता जनाएका थिए । दुवै समूहतर्फ समान १२ विद्यालयलाई ३÷३ को ४ समूहमा विभाजन गरिएको थियो ।