बुधबार, १३ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. कर्पोरेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

साफ खेल्ने फुटबल टोलीलाई केटीएम सिटीको प्रायोजन

मंगलबार, ०५ असार २०८०खेलपाटी संवाददाता
साफ खेल्ने फुटबल टोलीलाई केटीएम सिटीको प्रायोजन
Loading ad...
mustang rice ad

काठमाडौं । शेर्पा आउटडोरको केटीएम सिटीले दक्षिण एसियाली फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप खेल्ने राष्ट्रिय फुटबल टिमलाई प्रायोजन गरेको छ ।

केटीएम सिटीले मंगलबार एक विज्ञप्ति निकाल्दै भारतको बैंगलोरमा बुधबार सुरु हुने साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता खेल्ने नेपालको राष्ट्रिय फुटबल टिमलाई प्रायोजन गरिएको जनाएको छ ।

बैंगलोरस्थित श्री कांतिराव स्टेडियम मा आयोजना हुने १४ औं साफ च्याम्पियनसिपमा ८ राष्ट्रको सहभागिता रहेको छ।

यस संस्करणको च्याम्पियनसिपमा नेपालसहित आयोजक भारत, बंगलादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान, माल्दिभ्सले सहभागिता जनाउने छन् ।

पछिल्लो दुई वर्ष केटीएम सिटीले राष्ट्रिय फुटबल टिमको मुख्य किट पार्टनरको रुपमा अखिल नेपाल फुटबल संघ एन्फालाई सहयोग गरेको थियो ।

एन्फाबाट सहयोगको माग भएअनुसार केटीएम सिटीले म्यानमारमा सम्पन्न एएफसी यू–२० वुमेन्स एसियन कप छनोट प्रतियोगिता खेलेको महिला टिम र भारतमा बुधबार सुरु हुने साफ खेल्ने राष्ट्रिय फुटबल टिमलाई प्रायोजन गरेको हो ।

एन्फाले जर्सी, ट्रयाकसुट, ट्रेनिङ्ग जर्सी, किट ब्याग लगायतका खेल सामाग्री प्रायोजनका लागि अनुरोध गरेअनुसार शेर्पा आउटडोर स्पोर्ट्स गुड्स इन्डष्ट्रिज प्रालीको केटीएम सिटीले १५ लाख २७ हजार ९ सय १८ रुपैयाँको खेल सामाग्री निशुल्क रुपमा प्रायोजन गरेको हो ।

नेपाली खेलकुदको विकास र प्रबद्र्धनमा केटीएम सिटीले सधै सहयोग र सहकार्य गर्दै आएको छ ।

'खेलकुदसँगको सहयोगलाई हामीले बिशुद्ध राष्ट्रप्रतिको जिम्मेवारी र सेवाको दृष्टिकोणले लिएका छौं,' केटीएम सिटीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'फुटबल सहित नेपाली खेलकुदका अन्य स्पर्धासँग जोडिएर हामीले निरन्तर सहयोग गर्दै आएका छौं ।'

केटीएम सिटीले फुटबल सहित क्रिकेट, एथलेटिक्स, ब्याडमिन्टन, टेनिस, बक्सिङ, मार्सल आर्ट लगायतका खेलमा सहयोग गर्दै आएको छ ।  

Loading ad...
LiNing Ad
साफ खेल्ने फुटबल टोलीलाई केटीएम सिटीको प्रायोजन

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

काठमाडौं गोर्खाजको टाइटल स्पोन्सरमा एक्स्ट्रिम इनर्जी ड्रिंक्स

काठमाडौं गोर्खाजको टाइटल स्पोन्सरमा एक्स्ट्रिम इनर्जी ड्रिंक्स

सोमपाल ब्रान्ड एम्बेसडरमा नियुक्त

सोमपाल ब्रान्ड एम्बेसडरमा नियुक्त

भिआइटी गण्डकीको मुख्य प्रायोजक

भिआइटी गण्डकीको मुख्य प्रायोजक

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
तनवीर अब चितवनको प्रशिक्षक

तनवीर अब चितवनको प्रशिक्षक

आशीषको उपचारार्थ मलेसियामा मैत्रीपूर्ण फुटबल

आशीषको उपचारार्थ मलेसियामा मैत्रीपूर्ण फुटबल

कुकुरेलाले खोपे प्रशिक्षकको अनुहारको ट्याटु

कुकुरेलाले खोपे प्रशिक्षकको अनुहारको ट्याटु

जिदानको नेतृत्वमा अब फ्रान्स

जिदानको नेतृत्वमा अब फ्रान्स

 सान्त्वना जितको खोजिमा नेपाल

सान्त्वना जितको खोजिमा नेपाल

 संकटमा राफिन्हा

संकटमा राफिन्हा

अन्यायमा परेका एम्बोलो

अन्यायमा परेका एम्बोलो

मान्चिनी फेरि इटालीको मुख्य प्रशिक्षक नियुक्त

मान्चिनी फेरि इटालीको मुख्य प्रशिक्षक नियुक्त