काठमाडौं । दिपक न्यौपानेको नेतृत्वमा नेपाल बेसबल तथा सफ्टबल संघको नयाँ कार्यसमिति चयन गरिएको छ । काठमाडौंमा सम्पन्न साधारण सभाले न्यौपानेको नेतृत्वमा आगामी चार वर्षका लागि सर्वसम्मत रुपमा नयाँ कार्यसमितिलाई निर्वाचित गरेको हो ।
न्यौपाने नेतृत्वको कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा प्रदिपकुमार खत्री, उपाध्यक्षहरुमा विपिन बज्रचार्य, नारायण घर्ति र सुरेन्द्र थपलिया, महासचिवमा प्रदिप शाह, सचिवमा सन्जीव फुयाल केसी र कोषाध्यक्षमा उपेन्द्र बिक्रम लामा निर्वाचित भएका छन् ।
यस्तै, सदस्यमा तिलक ढुङ्गाना, रोशन थापा, शिव कुमार खड्का, हेमराज गिरी, सुनिता थापा, निरोज श्रेष्ठ, सुजना पौडेल खत्री, हिरा थपलिया, दिपेन्द्र कार्की र हरि धमला निर्वाचित भएका छन् ।
साधारण सभा लगत्तै बसेको नयाँ कार्यसमिति बैठकले उपाध्यक्षमा रमिता अधिकारी र सदस्यमा इशवर थापा र रामकुमार खड्कालाई मनोनित गरेको छ ।
राखेपले राष्ट्रिय खेलकुद विकास ऐन २०७७ तथा नियमावली २०७९ अनुसार नयाँ विधान अनुसार निर्वाचनका लागि १९ सदस्यीय तदर्थ समिति बनाएको थियो । समितिले राखेपले दिएको समयसिमा अनुसार ७० दिनभित्रै साधारण सभा तथा निर्वाचन सम्पन्न गरेर नयाँ कार्यसमिति गठन गरेको हो ।