काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाल एथलेटिक्स संघको तदर्थ समिति गठन गरेको छ ।
बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सुर्यलाल भण्डारीलाई समेट्दै राखेपले एथलेटिक्स संघको तदर्थ समिति गठन गरेको हो ।
गठन गरिएको तदर्थ समितिमा अधिकांश पुरानै कार्यसमितिका सदस्य छन् । भण्डारी समेत मानार्थ सदस्यको रुपमा संघभित्र रहेका थिए ।
अध्यक्ष राजीव बिक्रम शाहको संयोजकत्वमा गठन गरिएको समितिमा सुर्यलाल भण्डारी, धनबिर चौधरी, जितेन्द्र चौधरी, पिताम्बर तिम्सिना, कल्पना चौधरी, कुमार श्रेष्ठ, जनक रावल, राधाकृष्ण विष्ट, तेजेन्द्र थापा, मोहन घले, प्रभाकर पाण्डे, किशोर आमात्य, शैलेन्द्र पाण्डे, गजबहादुर गुरुङ, दिपक रानाभाट, दिलबहादुर बम, गिता बस्नेत, कोमल ओली, अनिरुद्ध चौधरी र मिरा राई रहेका छन् ।
राखेपले राष्ट्रिय खेलकुद विकास ऐन अनुसार नयाँ विधान बनाएर तीन महिनाभित्र निर्वाचन गर्न समितिलाई निर्देशन दिएको छ । राखेपले संघहरुलाई ब्यवस्थित बनाउन भन्दै कार्यकाल पुरा गरेका खेलकुद संघलाई सहमतीमा तदर्थ समिति गठन गर्ने प्रक्रिया अघि बढाएको छ ।
सोही अनुसार नयाँ ऐन अनुसार एकै प्रकृतिका विभिन्न संघलाई समायोजन गर्नेदेखि निष्कृय रहेका संघहरुको पुनर्गठन प्रक्रिया सुरु भएको छ ।