शनिबार, २४ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. लन टेनिस
Bhat Bhateni Supermarket Ad

बोरिस र शिभालीलाई स्वर्ण

शुक्रबार, ०१ असार २०८०खेलपाटी संवाददाता
बोरिस र शिभालीलाई स्वर्ण
mustang rice ad

काठमाडौं । बोरिस अधिकारी र शिभाली गुरुङले प्रथम राइजिङ स्टार खुला टेनिस प्रतियोगिताको यू–१४ सिंगल्समा शुक्रबार स्वर्ण जितेका छन् । बोरिस ब्वइज तथा शिभाली गर्ल्समा पहिलो भए ।

सातदोबाटोस्थित टेनिस कोर्टमा भएको ब्वाइज फाइनलमा बोरिसले वृजेश अर्याललाई ६–२ र ७–६ को सोझो सेटमा पराजित गरे । गर्ल्सको उपाधि भिडन्तमा शिभालीले स्वस्तिका विष्टलाई सीधा सेटमा ६–० र ६–१ ले सहजै हराइन् ।

राइजिङ स्टार टेनिस एकेडेमीको आयोजनामा भइरहेको सर्वाधिक पुरस्कार राशीको टेनिस प्रतियोगिताअन्तर्गत यु–१६ सिंगल्सको ब्वाइजमा शंकर हैस्नान र गर्ल्समा सुनिरा थापा पहिलो भए । फाइनलमा शंकरले राजवीर प्रधानलाई ४–६, ६–४ र ६–१ को सेटमा पाखा लगाए । सुनिराले शिभालीलाई दोहोरो स्वर्ण जित्नबाट रोक्न ६–२, ५–७ र ६–१ को नतिजामा विजयी भइन् ।

नेपाल टेनिस संघको प्राविधिक सहयोगमा सञ्चालित प्रतियोगिताको पुरुष डबल्समा अकी जुवेन रावत र आरभसम्राट हाडाको जोडी पहिलो बने । उक्त जोडीले फाइनलमा प्रणव खनाल र अभिनव आचार्यको जोडीलाई ६–३ र ६–४ को सोझो सेटमा पन्छाए ।

भेट्रान ४५ वर्षमाथि पुरुष सिंगल्स फाइनलमा मोहम्मद युनुसले रोहित सुनुवारलाई ६–४ र ६–२ ले निराश पार्दै स्वर्ण जिते । ५५ वर्षमाथि पुरुष सिंगल्समा थोङवान तुलेश्वरले राजु श्रेष्ठमाथि ६–० र ६–२ को सहज जित दर्ता गर्दै शीर्ष स्थान हात पारे ।

भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा सन्तोष खत्रीले कमलबहादुर भण्डारीलाई ६–७, ७–५ र १०–५ तथा पूर्व राष्ट्रिय च्याम्पियन जितेन्द्र परियारले दावा सोनाम शेर्पालाई ६–२ र ६–० ले पाखा  लगाउदै फाइनलमा स्थान सुरक्षित गरे । प्रतियोगिताको अन्तिम दिन शनिबार उक्त स्पर्धाको फाइनलसंगै पुरुष÷महिला सिंगल्सको पनि फाइनल हुनेछ ।                       

LiNing Ad
बोरिस र शिभालीलाई स्वर्ण

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

शिभालीको जोडीलाई स्वर्ण

शिभालीको जोडीलाई स्वर्ण

अष्ट्रेलियन एलिट ट्रफीमा चौथो भइन् शिभाली

अष्ट्रेलियन एलिट ट्रफीमा चौथो भइन् शिभाली

सेमिफाइनलमा शिभाली

सेमिफाइनलमा शिभाली

Bajaj Pulsar Motorcycle Ad
बलिङमा चल्यो, ब्याटिङमा चल्न सकेन अमेरिका

बलिङमा चल्यो, ब्याटिङमा चल्न सकेन अमेरिका

शिभालीको जोडीलाई स्वर्ण

शिभालीको जोडीलाई स्वर्ण

सूर्य चम्किँदा अमेरिकालाई चुनौतीपूर्ण लक्ष्य

सूर्य चम्किँदा अमेरिकालाई चुनौतीपूर्ण लक्ष्य

आयोजक क्लब झापा गोल्डकपको क्वार्टर फाइनलमा

आयोजक क्लब झापा गोल्डकपको क्वार्टर फाइनलमा

एक्सट्रिमले सिफल मैदानमा विश्वकपको खेल देखाउने

एक्सट्रिमले सिफल मैदानमा विश्वकपको खेल देखाउने

बंगलादेशलाई हराउँदै भारत च्याम्पियन

बंगलादेशलाई हराउँदै भारत च्याम्पियन

दोस्रो खेलमा पुलिस पराजित

दोस्रो खेलमा पुलिस पराजित

लालीगुराँसको अपराजित यात्रा कायमै

लालीगुराँसको अपराजित यात्रा कायमै