काठमाडौं । टेनिसमा नयाँ खेलाडी भित्र्याउने उद्देश्यले हात्तीवनस्थित लिटिल एन्जल्स स्कुल (एलए) ले टेनिस फेस्टिभल फर युनिक प्लेयर्स– २०२३ आयोजना गर्यो ।
महोत्सवमा कक्षा १ मा अध्ययनरत ५५ विद्यार्थी सहभागी थिए । उनीहरुलाई टेनिसकी प्रमुख प्रशिक्षक रेणुदेवी कोन्डा, सूर्यभूषण वज्राचार्य, चन्द्र शाही, महेश खड्गी, रामेश्वर थापा र प्रसिद्ध मोक्तानले टेनिसको विविध पक्ष बारे ज्ञान दिएका थिए ।
नेपाल टेनिस संघ जुनियर टेनिस इनिसिएटिभ (जेटीआई) को सहयोगमा भएको महोत्सव विभिन्न विद्यालयमा पनि सञ्चालन गर्ने योजना रहेको प्रशिक्षक वज्राचार्यले जानकारी गराए । उनले आईटीएफको जुनियर खेलाडी उत्पादन गर्ने उद्देश्य अनुसार नेपालमा पनि कार्यक्रम सञ्चालन गरिएको बताए ।