काठमाडौं । बास्केटबलको फ्रेन्चाईज प्रतियोगिता नेसनल बास्केटबल लिग नेपाल (एनबीएल) को प्रशारण अधिकार कान्तिपुर टेलिभिजनले पाएको छ ।
नेपाल बास्केटबल संघले आइतबार एक विज्ञप्ति निकाल्दै प्रतियोगिताको प्रशारण अधिकार कान्तिपुरलाई दिईएको जनाएको छ ।
बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङको उपस्थितिमा कान्तिपुर टेलिभिजनका प्रमुख कार्यकारी अधिकृत शिशिर पछाई र प्रतियोगिताको मार्केटिङ अधिकार पाएको डिजिपलाईका प्रमुख कार्यकारी अधिकृत उकेश लोहनीले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
सम्झौतासँगै कान्तिपुरले एनबीएल नेपाल २०२३ को लागि विशेष प्रसारण र मार्केटिङ अधिकार सुरक्षित गरेको छ ।
प्रतियोगितामा ८ टोलीको सहभागिता रहने बताईएको छ ।
प्रतियोगिताको मिति भने तय भएको छैन ।