इगालाई तेस्रो पटक फ्रेन्च ओपन
शनिबार, जेठ २७, २०८०खेलपाटी संवाददाता

काठमाडौं । पोल्याण्डकी विश्व नम्बर एक इगा स्वेटेकले फ्रेन्च ओपन टेनिस अन्तर्गत महिलातर्फको उपाधि जितेकी छिन् ।
पेरिसमा शनिबार भएको फाइनलमा चेक रिपब्लिकका कारोलिना मुचोभालाई हराउँदै इगा च्याम्पियन बनेकी हुन् ।
इगाले कारोलिनालाई ६-२, ५-७ र ६-४ ले पराजित गरिन् ।
इगाले तेस्रो पटक फ्रेन्च ओपन जितेकी हुन् । यस अघि उनले २०२० र २०२२ मा उपाधि जितेकी थिइन् ।
२१ वर्षिया इगाको यो चौंथो ग्रान्डस्लाम उपाधि हो ।
पुरुषतर्फको फ्रेन्च ओपनको उपाधिका लागि नोभाक जोकोभिच र कास्पर रुड भिड्ने छन् ।
इगालाई तेरो पटक फ्रेन्च ओपन






1686853912-1760864621059.avif&w=3840&q=75)



-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


