बिहिबार, २६ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. लन टेनिस
Loading ad...
Bhat Bhateni Supermarket Ad

राइजिङ स्टार ओपन टेनिस सुरु, आर्यन र अभिनवको विजयी सुरुआत

शनिबार, २७ जेठ २०८०खेलपाटी संवाददाता
राइजिङ स्टार ओपन टेनिस सुरु, आर्यन र अभिनवको विजयी सुरुआत
Loading ad...
mustang rice ad

काठमाडौं । सर्वाधिक पुरस्कार राशीको राइजिङ स्टार ओपन टेनिस प्रतियोगिता सुरु भएको छ ।

राइजिङ स्टार टेनिस एकेडेमी काठमाडौंको आयोजनामा शनिबारबाट सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा प्रतियोगिता सुरु भएको हो ।

पहिलो दिन पुरुष एकलमा आर्यन गिरिले बिष्णु नेपालीलाई ६-० र ६-० ले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरे ।

अभिनव आचार्यले अर्याश गुरुङलाई ६-० र ६-० ले हराए ।  युगेन शेर्पाले विनय यादवलाई ६-० र ६-० ले हराए । देभासस रेउलेले सौगात श्रेष्ठलाई ७-५ र ६-३ ले हराए । शंकर हेइजानन र नविन श्रेष्ठले वाक ओभर पाउँदै अर्को चरणमा स्थान बनाए ।

३५ वर्षमाथिको पुरुषमा राजन श्रेष्ठले प्रवेश पन्तलाई ६-०,६-३ ले हराए । सेबू प्रसाद शर्माले अनिश मान श्रेष्ठलाई ६-०,६-२ ले हराए । सोवित गौचनले सुनिभ राजभण्डारीलाई ६-३,७-५ ले हराए भने प्रणव मल्लले माधव सिंह विष्टलाई ६-१,६-३ ले हराए । सबिन श्रेष्ठ, सोनाम शेर्पा र मुक्ति सेन गुरुङले वाकओभर पाए । 

४५ वर्षमाथि पुरुषमा गोपाल प्रसाद ज्ञवाली, उत्तम कुमार लामा, मनोज बिक्रम शाह, गोपी भट्टराई, सुकमान तामाङ, माधव थापा, विरेन्द्र लामा, विकास गुरुङ, अपूर्व जंग थापा, मान बहादुर कटुवाल, महेश श्रेष्ठ, उत्तम बोगटी, एमडी युनुस, विमल वाइबा र तोङबान तुलेश्वोरले दोस्रो चरणमा स्थान बनाएका छन् ।

३५ वर्ष पुरुष डबल्समा कमल भण्डारी र यज्ञ भण्डारीको जोडी, दावा शेर्पा र सेबू शर्माको जोडी, अनिल शाही र गोपी भट्टराईको जोडी, महेश श्रेष्ठ र जितेन्द्र परियारको जोडी, सुर्बत बस्नेत र मुक्ति गुरुङको जोडी,समिर गुरुङ र कृष्ण उप्रेतीको जोडी,सिमान्त गुरुङ र सन्तोष खत्रीको जोडी तथा भिष्म गुरुङ र राजु क्षेत्रीको जोडीले दोस्रो चरणमा स्थान बनाएका छन् ।

यू-८ ब्वाइजमा आयन पन्त, आहान भट्टराई, जिभास भट्टराई,भिरल अग्रवाल, सर्भाग्य जंग खत्री, आहान केडिया, अनमोल श्रेष्ठ, अबिर केडिया, सफल जंग घले, जिबेश भट्टराई र तोनिस श्रेष्ठ दोस्रो चरणमा स्थान बनाएका छन् ।

यू-१० ब्वाइजमा विश्व विशेष डल्लाकोटी, अद्रित मल्ल, भिदान्त चालिसे, निश्चल ज्ञवाली, अर्याश राज पौडेल, कृतन्य शाह, सभ्य जंग कार्कीले दोस्रो चरणमा स्थान बनाउदा यू-९ ब्वाइजमा संघर्ष फोडर, आहान केडिया र ह्याप्पी श्रेष्ठले दोस्रो चरणको यात्रा तय गरेका छन् ।

यू-८ गर्ल्समा राजश्री जोशी, ताभसी राणा, आईरिस श्रेष्ठ, समृद्धि खत्री, नैरे सी घले, जिभाश्री भट्टराई, आयना भाद्र, निम्ति कुँवर, आईरिस श्रेष्ठ, समृद्धि खत्री र  जिभाश्री भट्टराईले दोस्रो चरणको यात्रा तय गरेका छन् ।

यू-९ गर्ल्समा कृष्णा बंसल , जिभाश्री भट्टराई, नोर्गिमा लामा र राजश्री जोशीले अर्को चरणको यात्रा तय गरेकी छन् ।

आगामी असार २ गतेसम्म आयोजना हुने प्रतियोगितालाई नेपाल टेनिस एसोसियसनले प्राविधिक सहयोग गरेको छ । प्रतियोगितामा जुनियर्स र सिनियर्स र भेट्रान्स विधा समावेश गरिएको छ ।

प्रतियोगितामा पुरुष र महिलाको अन्डर ८, अन्डर ९, अन्डर १०, अन्डर १२, अन्डर १४ तथा अन्डर १६ मा सिंगल्स र डबल्स सहितका स्पर्धा समावेश छन् । यस्तै मेन्स र वुमन्सको सिंगल÷डबल्स सहित ३५ वर्षमाथि, ४५ वर्षमाथि, ५५ वर्षमाथि र ६५ वर्षमाथि गरि ११ विधा समावेश गरिएको छ ।

मेन्स सिंगल्स र वुमन्स सिंगल्सको विजेताले समान १ लाख रुपैयाँ, उपविजेताले ५० हजार रुपैयाँ र तेस्रो हुने खेलाडीले २५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । मेन्स र वुमन्स डबल्सका विजेताले समान ६० हजार, दोस्रोले ३० हजार र तेस्रो हुने खेलाडीले २० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

सिनियर विधामा ३५ वर्षमाथिको विधाको विजेताले ६० हजार, दोस्रोले ३० हजार र तेस्रोले २० हजार तथा डबल्स विधाको विजेताले ३० हजार, दोस्रोले १६ हजार र तेस्रोले १२ हजार रुपैयाँ प्राप्त गर्नेछन् । ४५ वर्षमाथि विधाको विजेताले ५० हजार, दोस्रोले २५ हजार र तेस्रोले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् भने सोही उमेर समूहको डबल्स विधाका विजेताले २५ हजार, दोस्रोले १४ हजार र तेस्रोले १२ हजार रुपैयाँ प्राप्त गर्नेछन् । 

५५ वर्षमाथिको विधाको विजेताले ४० हजार, दोस्रोले २० हजार र तेस्रोले १५ हजार तथा सोही उमेर समूहको डबल्स विधाको विजेताले २० हजार, दोस्रोले १३ हजार र तेस्रो हुने टिमले १२ हजार रुपैयाँ प्राप्त गर्नेछन् । जुनियरतर्फको विजेताले ६ देखि २० हजार रुपैयाँसम्म प्राप्त गर्नेछन् ।

प्रतियोगिताको पुरस्कारमा मात्र १४ लाख ८५ हजार रुपैयाँ खर्च हुने राइजिङ स्टार एकेडेमीका अध्यक्ष रविन प्रधानले जानकारी दिए  ।

जुनियर लेभलबाट सिनियर लेभलसम्मका टेनिस खेलाडी उत्पादनमा सहयोग पुर्याउन प्रतियोगिताको आयोजना गरिएको एकेडेमीले जनाएको छ ।

 

Loading ad...
LiNing Ad
राइजिङ स्टार ओपन टेनिस सुरुआर्यन र अभिनवको विजयी सुरुआत

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

श्रीलंकामा शिभालीलाई एक स्वर्ण, एक रजत

श्रीलंकामा शिभालीलाई एक स्वर्ण, एक रजत

शिभालीको जोडीलाई स्वर्ण

शिभालीको जोडीलाई स्वर्ण

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
ओसन कपको पहिलो खेलमा नारायणगढ र घोडाघोडी भिड्ने

ओसन कपको पहिलो खेलमा नारायणगढ र घोडाघोडी भिड्ने

गिललाई भारी जरिबाना

गिललाई भारी जरिबाना

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान

पाँच इङ्ग्लिस क्लबले च्याम्पियन्स लिग खेल्ने

पाँच इङ्ग्लिस क्लबले च्याम्पियन्स लिग खेल्ने

निरिह बार्सिलोना

निरिह बार्सिलोना