जोकोभिच फाइनलमा
शुक्रबार, जेठ २६, २०८०खेलपाटी संवाददाता

काठमाडौं । सर्बियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन् ।
पेरिसमा शुक्रबार स्पेनका कार्लोस अल्कारेजलाई हराउँदै जोकोभिच उपाधि नजिक पुगेका हुन् ।
तेस्रो वरीयताका जोकोभिचले अल्कारेजलाई ६-३, ५-७,६-१ र ६-१ ले पराजित गरे ।
जोकोभिच सातौं पटक फ्रेन्च ओपनको फाइनलमा पुगेका हुन् ।
जोकोभिचको यो ३४ औं ग्रान्डस्लाम फाइनल हो ।
जोकोभिक फ्रेन्च ओपनको दुई पटकको च्याम्पियन हुन् ।
२३ पटकको ग्रान्डस्लाम विजेता जोकोभिच २४ औं ग्रान्डस्लाम जित्ने योजनामा रहेका छन् ।
जोकोभिच फाइनलमा






1686853912-1760864621059.avif&w=3840&q=75)



-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


