काठमाडौं । आयोजक बूढानीलकण्ठ मोडेल कम्युनिटी एकेडेमी (बीएमसीए) र पृथ्वी प्रथम बीएमसीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
बीएमसीए सिनियर ब्वाइज तथा पृथ्वी गर्ल्समा सेमिफाइनल पुगेका हुन् ।
सिनियर ब्वाइजमा बीएमसीएले ग्राम शिक्षालाई ३६–१९ ले पराजित गर्यो । विजयी टिमका लागि पारस गुरुङले ११ अंक जोडे । गर्ल्समा पृथ्वीले टेरेसा एकेडेमीलाई ४१–३० ले हरायो । पृथ्वीकी बविता घिमिरेले १९ अंक बटुलिन् ।
सिनियर ब्वाइजमा भ्याली पब्लिकले इडेन ब्रिज एकेडेमी (इबीए) लाई ३६–२५, ग्रिनल्यान्डले एचएचसीएलाई ५५–४८ तथा सेन्ट जोसेफले गोल्डेनपिकलाई ४६–४२ ले पाखा लगाउदै सेमिफाइनलमा स्थान पक्का गरे । भ्याली पब्लिकका सुनिल पौडेलले १४, ग्रिनल्यान्डका प्रवीण गुरुङले १९ र सेन्ट जोसेफका सुविन तामाङले १४ अंक जोडे ।
गर्ल्समा भ्याली पब्लिकले साइपाल एकेडेमीलाई ३३–२१, एचएचसीएले बीएमसीएलाई २७–२२ तथा हिमालयन किङडमले ग्रिनल्यान्डलाई ३५–३२ ले पन्छ्याउदै सेमिफइनलमा स्थान बनाए । भ्याली पब्लिककी एन्जल गुप्ताले १२, एचएचसीएकी प्रमिका लामाले ९ र हिमालयन किङडमकी छिरिङ डोल्माले ९ स्कोर गरे ।