काठमाडौं । आयोजक बूढानीलकण्ठ मोडेल कम्युनिटी एकेडेमी (बीएमसीए) र एचएचसीए प्रथम बीएमसीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
बीएमसीएले भद्रकालीलाई ३६–३१ ले पराजित गर्यो । विजयी टिमका लागि सुजन तामाङ र आशिष राईले समान ११–११ अंक जोडे । एचएचसीएले युनिभर्सिटीलाई ३७–२५ ले हरायो । एचएचसीएका डेभिड राईले ११ अंक जोडे ।
सिनियर ब्वाइजमै ग्रिनल्यान्डले हिमालयन किङडमलाई ६१–५०, सेन्ट जोसेफले जुगललाई ४०–३०, इडेन ब्रिज एकेडेमी (इबीए) ले ज्ञान भूमिलाई ३७–३०, गोल्डेनपिकले टीआईएलाई ५७–४० र ग्राम शिक्षाले बूढानीलकण्ठलाई ३२–२१ ले पाखा लगाउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।
ग्रिनल्यान्डका सुरेश बिसीले २०, सेन्ट जोसेफका निकेश तामाङले ११, इबीएका सोहन भण्डारीले ९, गोल्डेनपिकका विजय तामाङले २४ र ग्राम शिक्षाका छेवाङ भोटेले १४ अंक बटुले ।