काठमाडौं । सर्बियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलमा पुगेका छन् ।
पेरिसमा आइतबार पेरुका जुआन पाब्लो भेरिल्लासलाई हराउँदै जोकोभिचले क्वाटरफाइनलको यात्रा तय गरेका हुन् ।
तेस्रो वरीयताका जोकोभिचले जुआनलाई ६-३, ६-२ र ६-२ ले पराजित गरे ।
जोकोभिच कीर्तिमानी १७ औं पटक फ्रेन्च ओपनको क्वाटरफाइनलमा पुगेका हुन् ।
अब जोकोभिचले क्वाटरफाइनलमा करिन खाचानोबसँग खेल्ने छन् ।
जोकोभिक फ्रेन्च ओपनको दुई पटकको च्याम्पियन हुन् ।
२३ पटकको ग्रान्डस्लाम विजेता जोकोभिच २४ औं ग्रान्डस्लाम जित्ने योजनामा रहेका छन् ।