काठमाडौं । सर्बियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको अन्तिम १६ मा पुगेका छन् ।
पेरिसमा शुक्रबार राति स्पेनका एलेक्जान्द्रो फोकिनालाई हराउँदै जोकोभिचले चौंथो चरणको यात्रा तय गरेका हुन् ।
तेस्रो वरीयताका जोकोभिचले फोकिनालाई ७-६ (७-४), ७-६ (७-५) र ६-२ ले पराजित गरे ।
अब जोकोभिचले चौंथो चरणमा जुवान पाब्लोसँग खेल्ने छन् । जोकोभिक फ्रेन्च ओपनको दुई पटकको च्याम्पियन हुन् ।
२३ पटकको ग्रान्डस्लाम विजेता जोकोभिच २४ औं ग्रान्डस्लाम जित्ने योजनामा रहेका छन् ।
विश्व नम्बर एक कार्लोस अल्कारेज समेत चौंथो चरणमा प्रवेश गरेका छन् ।
युएस ओपन च्याम्पियन स्पेनिस अल्कारेजले डेनिस शापोलाभोपलाई ६-१,६-४ र ६-२ ले हराए ।