काठमाडौं । सर्बियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको तेस्रो चरणमा पुगेका छन् ।
पेरिसमा बुधबार राति हंगेरीका मार्टोन फुच्सोविचेसलाई हराउँदै जोकोभिचले तेस्रो चरणको यात्रा तय गरेका हुन् ।
तेस्रो वरीयताका जोकोभिचले मार्टोनलाई ७-६ (७-२), ६-० र ६-३ ले पराजित गरे ।
जोकोभिक फ्रेन्च ओपनको दुई पटकको च्याम्पियन हुन् ।
२३ पटकको ग्रान्डस्लाम विजेता जोकोभिच २४ औं ग्रान्डस्लाम जित्ने योजनामा रहेका छन् ।
विश्व नम्बर एक कार्लोस अल्कारेज समेत तेस्रो चरणमा प्रवेश गरेका छन् ।
युएस ओपन च्याम्पियन स्पेनिस अल्कारेजले जापानका तारो डानिललाई ६-१,३-६,६-१ र ६-२ ले हराए ।