काठमाडौं । शेर्पा आउटडोरको केटीएम सिटीले भारतको मुस्सोरीमा नयाँ आउटलेट सञ्चालनमा ल्याएको छ।
केटीएम सिटीले भारतको मुस्सोरीमा नयाँ आउटलेट सञ्चालनमा आएको जनाएको छ ।
भारतमा बजार विस्तार गर्ने क्रममा केटीएम सिटीले भारतमा अर्को नयाँ आउटलेट खोलेको हो ।
यस अघि केटीएम सिटीले भारतको सिक्किम, मनाली र सीलगुरीमा आउटलेट सञ्चालनमा ल्याईसकेको छ ।
नेपाली लुगाको ब्राण्डलाई राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा फैलाउने उद्धेश्यका साथ अघि बढेको केटीएम सिटीले भारतसँगै क्यानडामा समेत आफ्नो सेवा विस्तार गरिसकेको छ ।
केटीएम सिटीको नेपालमा ४१ आउटलेट रहेको छ ।
नयाँ खोलिएको आउटलेटमा ग्राहकले सहज र सर्वसुलभ रुपमा केटीएम सिटीका पछिल्ला उत्पादन प्राप्त गर्न सक्ने केटीएम सिटीले जनाएको छ ।
पछिल्लो समय केटीएम सिटीले नेपाली खेलकुदमा समेत आफ्नो सहयोग र सहकार्य विस्तार गर्दै आएको छ ।
केटीएम सिटी नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य किट प्रायोजक हो । यस्तै मनाङ मर्स्याङ्दी क्लबको किट प्रायोजक समेत हो ।
त्यसबाहेक केटीएम सिटीले भलिबल, क्रिकेट, ब्याडमिन्टन, फुटसल सहित विभिन्न खेलसँग सहकार्य गर्दै आएको छ ।