काठमाडौं । प्रथम काठमाडौं जिल्ला महिला कबड्डी प्रतियोगिता अन्तर्गत पहिलो दिन चन्द्रागिरी नगरपालिका, काठमाडौं महानगरपालिका र कागेश्वरी नगरपालिकाले विजयी सुरुआत गरेका छन् ।
चमती खेलकुद पार्क संरक्षण समितको आयोजना र अखिल नेपाल कबड्डी संघको प्राविधकि सहयोगमा आयोजना भएको प्रतियोगितामा पहिलो दिन शनिबार चन्द्रागिरी नगरपालिकाले शंखरापुर नगरपालिकालाई ४४-२८ को स्कोर पराजित गर्दा, काठमाडौं महानगरपालिकाले गोकर्णेश्वर नगरपालिकालाई ४१-१५ तथा कागेश्वरी नगरपालिकाले टोखा नगरपालिकालाई ५८-३२ स्कोरले पराजित गर्दै विजयी सुरुआत गरेका हुन ।
काठमाडौं महानगरपालिको सामाजिक विभागको आर्थिक सहयोगमा सञ्चालन भएको प्रतियोगितामा काठमाडौं जिल्ला भित्रका कुल ६ नगर तथा एक क्लबले सहभागिता जनाएका छन् ।
तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा आइतबार तीन खेल हुनेछन् । सेमिफाइनल र फाइनल खेल सोमबार हुनेछन् ।
प्रतियोगिताको विजेताले नगद १५ हजार रुपैयाँ, दोस्रो हुनेले १० हजार र तेस्रो हुनेले समान ५/५ हजार रुपैयाँ प्राप्त गर्ने प्रतियोगिताका संयोजक भगवान प्रजापतीले जानकारी दिए । यस्तै उत्कृष्ट रेडेर र क्याटरलाई ट्रफी प्रदान गरिनेछ ।